नेत्तृत्त्व गर्ने क्षमता भएका ब्यक्तिलाई नेता भनिन्छ। नेत्तृत्वको परिभाषा हेर्दा Leadership is the ability to guide, inspire, and influence a group of people toward achieving a common goal.अर्थात नेत्तृत्त्व संग तीनवटा क्षमताको अपेक्षा गरिन्छ, ती हुन्- पथ प्रदर्शन गर्ने क्षमता, अभिप्रेरित गर्ने क्षमता र लक्ष प्राप्त गर्न जनतालाई प्रभाव पार्ने क्षमता। हाम्रो देशमा यो परिभाषा बमोजिमका ब्यक्ति नभएका कारण नेत्तृत्त्वको अभाव भएको हो। नेत्तृत्वको अभाव हुनुको अर्थ नेताको अभाव हो। यसको अभावमा राजनीतिले गन्तब्य लिन सक्दैन। जब राजनीति गन्तब्यहीन हुन्छ राज्यका अन्य सबै नीतिहरू समेत असफल हुन्छन्, फलतः राज्य नै असफल हुन पुग्छ।
हाम्रा नेताहरू जनता बीच लोक प्रीय हुन नसकेकै कारणले देश भित्र वा बाहिर जता गए पनि जनताबाट ईज्जत , मान, सम्मान पाउदैनन्। नेताहरू राजनीतिक दलका आफ्ना कार्यकर्ताको ताली खान पाए पछि खुसी हुन्छन्। उनीहरूको दृष्टिकोणमा कार्यकर्ता नै जनता हुन् भन्ने भान परेको हुन्छ। कार्यकर्ताहरू व्यक्तिगत स्वार्थको लागि नेताको पछि लाग्छन् तर जनतामा सामुहिक स्वार्थ हुनाले नेताको पछि लाग्दैनन्। त्यसैले नेताले जनतालाई चिन्दैनन् र जनताको मर्का पनि बुझ्ने कोशिश गर्दैनन्। यस्ता नेताले जनतालाई सम्बोधन हुने गरी कार्यक्रम ल्याउन सक्दैनन्। यसै कारण जनता बीच यिनीहरूको दुरी बढ्न जादा जनता बीच लोकप्रीय हुन सक्दैनन्। यस्तै अलोकप्रीयताका कारण यिनीहरू जनताद्वारा लखेटिन समेत पुग्छन्।
बिज्ञापन
हालै नेपालका प्रमं संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन अमेरिकाको न्यू योर्क आउदा आफ्नै देशका नागरिकबाट तिरस्कृत हुनु परेको समाचार आयो। हुन त यसको छनक नेपालमा पनि नभएको हैन र अमेरिकामा पनि उनको बिरोध हुदै छ भनेर उनले नेपाल मै सूचना पाएको भन्ने खवर पनि सुनिएको हो तर पनि उनको विरोध हुने कुरा कै कारण प्रवासी नेपाली संगको कार्यक्रम रद्द गर्नु परेको सूचना नेपाली दूतावासले निकाल्नु पर्यो। हुन त यसरी कार्यक्रम रद्द गर्नु परेको कारण खासगरी प्रमं को पार्टीका उच्च तहका कार्यकर्ता समेतले प्रवासी नेपालीलाई भन्नु नभन्नु भनेको सनियो तर विदेशमा बसेका नेपालीको टाउकोमा अपयश बोकाएर पानी माथिको ओभानो बन्न तिनीहरूलाई सुहाउने विषय हैन।
बिज्ञापन
माथि नै भनियो कि नेताहरू लोक प्रीय हुन जरूरी छ र यो कुरा नेपालका सम्माननीय प्रमं ज्यूलाई पनि लागू हुन्छ। जनताले आफ्नो असन्तुष्ठी आफ्नो नेत्तृत्त्व उपर पोख्न पाउनु पर्छ तर मर्यादित रूपमा। मर्यादित रूपमा गुनासो राख्न नपाए अन्य बिकल्प को समेत खोजी गर्छन् जनताले। यहां हेक्का राख्नु पर्ने कुरा के छ भने नेपालीहरू नेपाल भित्र मात्र छैनन्। रोजगारी, अध्ययन आदिका लागि समेत विदेशिन बाध्य हुनु परेको यथार्थ घाम जत्ति कै छर्लंग छ। यसरी विदेशिएका नेपालीहरूको संरक्षक पनि त्यही ब्यक्ति हो जसलाई नेपाली सीमाना भित्र रहेका नेपालीले संरक्षक भनेर मान्ने गर्छन्। उनीहरू काम विशेषले विदेश भए पनि सरकारले देश र जनताको लागि प्रदान गरेका सेवाहरूका बारेमा उनीहरू अनविज्ञ छैनन्। राज्यलाई तिर्नु पर्ने कर तिरेकै छन् तर राज्यले सेवा प्रदान गर्दा दिएको हैरानीबाट समेत उनीहरू अनविज्ञ छैनन्।
सरकारको सन्चालन ए,बि,सी जस्ले गरे पनि उनीहरूको चासोको विषय रहने कुरो भएन तर विदेश आउने क्रममा सार्वजनिक क्षेत्रबाट पाएको हैरानी र सास्तीका कुरा, देशमा बस्ने आफ्ना परिवारका सदस्यहरूले सेवा लिदा पाएको हैरानीले जनताहरू रूष्ट भएका छन्, मूल्य वृद्धी आकाशिएको छ, मल बीऊ समयमा पाईदैन, सिंचाईको सुविधा छैन, खानेपानी पाईदैन, यातायात भरपर्दो छैन। यी र यस्ता बिसंगति अन्त्य गर्न सरकारमा जानेहरूले जनतालाई फर्केर हेर्दैनन् भने जनताको असन्तुष्ठीको पारो बढ्दैन ? जनताले कर तिरेर नेता पाल्नु पर्ने तर दिनानुदिन समस्याहरू बढ्दै जाने हो भने नेता संग असन्तुष्ठी पोख्नु परेन ? भएको र हुने भनेकै यत्ति हो। जनताको स्यावासी पाउने भए, फूलका गुच्छाले स्वागत थाप्न मन भए जनतालाई खुसी पार्नु पर्यो, लोकप्रीय हुन जान्नु पर्यो। जनताले ब्यक्ति हैन त्यसको भूमिका हेर्छन् र सकारात्मक भूमिकाको अपेक्षा गर्छन्।
बिज्ञापन
हाम्रा हालका नेताहरू नयां नौला र जनताले नचिनेका हैनन्। यिनीहरूको कार्य शैली, बानी बेहोरा सबै कण्ठस्थ छ जनतालाई। जुनसुकै र जस्तो सुकै शासन ब्यबस्था आए पनि यिनको काम गर्ने शैली फेरिने हैन। यिनीहरूलाई पार्टीले हराओस् भनौ भने पार्टीको निर्वाचनमा पार्टी भित्रका आफ्ना भरौटे र लाउकेलाई मात्र मतदाता बनाउछन् र तिनीहरू कै मतबाट बारम्बार जित्छन्। जन प्रतिनिधिको टिकट आफै र आफ्नालाई दिन्छन् र निर्वाचनमा प्रसस्तै खर्च गरेर बारम्बार आउछन्। यी जति पटक फेरिए पनि यिनको शैली र ब्यबहारमा परिवर्तन आउदैन, त्यसै भएर जनताहरू यिनीहरू संग सन्तुष्ठ छैनन । यसैले यिनीहरूको उपस्थिति मात्रै पनि जनताले रूचाएका हुदैनन्। यी र यस्ता नेताको बिकल्प नआए सम्म यिनीहरू जोगिएर हिड्नुको बिकल्प छैन।