कप्रका कर्मचारीले भाञ्जालाई प्रमुख प्रशासकीय अधिकृत बनाउन खोज्दा लफडा

कर्मचारी खटन पटनमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बदमासीको जनप्रतिनिधिहरुले खुलेरै विरोध गर्न थालेका छन् । एमाले इतरका मेयर र अध्यक्ष रहेका पालिकाहरुमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वक्र दृष्ट्रि पर्न थालेको छ ।

बिज्ञापन

त्यस्का एउटा उदाहरण हो,बारास्थित जितपुर सिमरा उपमहानगरपालिका । सामान्यकै बदमासीका कारण एउटै पालिकामा दुई जना प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मेवारी दिएर खटाइएको छ । यो लफडा अदालत पुगेको छ । गत वैशाख २० गतेमात्र वारास्थित जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत उर्मिला काफ्लेलाई खटाइएकोमा सोही ठाउँमा २७ भदौंको मन्त्रिस्तरीय निर्णयबाट त्यहाँ प्रमुख प्रशासकीय अधिकृत खटाइएसँगै लफडा निस्किएको छ । उनको सरुवाको बिषयलाई लिएर अदालतमा मुद्धा विचराधिन रहेकै अवस्थामा अर्को हाकिमलाइ खटाइएपछि लफडा झनै चर्किएको हो ।यस अघि उक्त पालिकामा एमालेकै एउटा खेमाले भ्रष्टाचार मुद्धामा परेका कर्मचारीलाई खटाउन खोज्दा लफडा परेको थियो ।

बिज्ञापन

यता यसरी सामान्य प्रशासनको पेलानमा पर्ने यो मात्र स्थानीय तह होइन,काँग्रेसले जितेको स्थानीय तह हो,मायादेवी गाउँपालिका रुपन्देही । ध्रुव नारायण चौधरी सो पालिकाका अध्यक्षका कुर्सीमा छन् । कर्मचारी खटन पटनमा संघीय मामिला मन्त्रालयबाट पेलानमा परेको पालिका हो यो पनि । आर्थिक बर्षको अन्त्यमा पालिकाले त्यहाँका प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाइएका छन्,कृष्णप्रसाद ज्ञवाली ,उनै ज्ञवालीलाई चार महिनामै झिक्यो संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले । यस अघि समेत उक्त पालिकामा कुनै पनि हाकिमलाई ६ सात महिना टिक्न दिएको थिएन,मन्त्रालयले । यस अघि वैशाखमा हाकिमलाई झिकेर वाणगंगातिर पुर्याइएको थियो र त्यहाँ खटाइएको थियो ज्ञवालीलाई । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय कप्र महाशाखामा बस्ने कर्मचारीका नातेदारलाई त्यहाँ खटाइएको थाहा पाएसँगै जिल्लास्थित काँग्रेसका नेतालाई बोकेर संघीय मामिला तथा सामान्य प्रशासनमा आइपुगे पालिका अध्यक्ष । र, झगडा गरे । यस अघि बजेटको मुखमा हाकिम घनश्याम अर्याल,भेषराज पन्तलाई ६ महिना नपुग्दै हटाएको थियो मन्त्रालयले ।
यस पटक कर्मचारी प्रशासन महाशाखा हेर्ने कर्मचारीको भाञ्जालाई त्यहाँ खटाएको थियो तर पालिकासँग एक वचन समेत नसोधी हाकिम झिकिएसँगै उनी काँग्रेसका नेता पद्म भण्डारीलाई बोकेर मन्त्रालय पुगे र धर्ना दिए । उनले काँग्रेस र एमालेको गठबन्धन सरकार हुँदा काँग्रेसकै जनप्रतिनिधि भएको पालिका किन पेलानमा पर्यो भन्दै झगडा गरेपछि विष्णु ज्ञवाली त्यही थमौती भएका छन् । यसरी काँग्रेसका जनप्रतिनिधि भएका ५ सात वटा पालिकाबाट यसै गरी हाकिम उठाइएको भन्दै सामान्य प्रशासनका काँग्रेसका जनप्रतिनिधिहरु झगडा गर्न पुगेका छन् ।

उसो त पछिल्लो समय मन्त्रालयले कन्फर्म हाकिमलाई झिकेर निमित्त राख्ने र उनीहरुमार्फत खेलोमेलो धन्दा चलाइरहेको कतिपय पालिकाले जनाएका छन् ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शाखा अधिकृत हुँ भनी व्यक्तिकाे तथ्यांक लिन खोज्ने एक पक्राउ

स्वास्थ्य मन्त्रालयको नीति योजना महाशाखाको प्रमुखमा डा. दास

चार शाखा अधिकृत उपसचिव सिफारिस

कर्मचारीले चुनावी पोस्ट लाइक, कमेन्ट, सेयर गर्न नपाउने

प्रमुख प्रशासकिय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर,सरकारी जग्गा व्यक्तिलाई दिएको आरोप

सर्वोच्चको फैसला उल्ट्याएर नामसारी: मालपोत बाँकेका पूर्व प्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मालपोत कार्यालय प्रमुखसहित नासु–खरिदारको सरुवा

टेकु अस्पतालको कार्यकारी निर्देशकमा डा. बास्तोला

बिशेष