‘भरोसा राख्नुहोस,वैभव वीरगञ्जको सपना साकार पार्छु’

मधेश प्रदेशको एक मात्र महानगरपालिका हो वीरगन्ज,उक्त महानगरपालिकाको मेयरको जिम्मेवारीमा छन्,राजेशमान सिंह । २७ महिना अघि आफ्नो प्रतिष्प्रर्धी विजयकुमार सरावगीलाई दोब्बर मतान्तरले हराएर निर्वाचित भएका सिंहले यो अवधिमा शिक्षा र स्वास्थ्यको सेवामा महानगरपालिकामा आफूले ‘कमालै’ गरेको बताउँछन् । ३ दशक अगाडिदेखि राजनीतिमा होमिएका सिंह स्पष्ट वक्ता, बोलीमा अडिग व्यक्तिका रुपमा चिनिन्छन् । तत्कालीन शासन कालमा २०६० सालमा भएको निर्वाचनमा उनी साविक वीरगन्ज उपमहानगरपालिका वडा नम्बर ३ को वडाध्यक्ष चलाइसकेका अनुभवी व्यक्ति हुन । नेवार परिवारमा जन्मे पनि मधेसको समाजभित्र हुर्केकोले मधेस पहिचानसंग अपनत्व रहेका सिंह शरद सिंह भण्डारी नेतृत्वको तत्कालीन राष्ट्रिय मधेश समाजवादी पार्टीको केन्द्रिय महासचिव चलाएका सिंहले ०७० सालको संविधान सभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ बाट उम्मेदवार बने पछि एकिकरणबाट बनेको राष्ट्रिय जनता पार्टीको पनि उनी महासचिव भए । अघिल्लो स्थानिय तहको निर्वाचनमा उनी राजपाबाट वीरगन्ज महानगरपालिकाको मेयर पदका प्रत्याशी भएर तेस्रो लोकप्रीय मत हासिल गरेका थिए । उनी एमाले पार्टीमा प्रवेश गर्ने हल्ला छ । यद्यपि आफू जसपामै रहने दावी गर्दछन् ।

बिज्ञापन

० मेयरको कुर्सीमा पुग्नुभएको २७ महिना बित्यो । निर्वाचनको मैदानमा होमिँदा जनतामाझ गरिएको वाचा तथा प्रतिवद्धता कति पूरा भए ?
यो २७ महिनाको अवधिमा वीरगञ्जबासीलाई शिक्षित स्वास्थ्य बनाउने खातिर लागिरहेको छु । जुन बाचा गरिएको थियो उक्त वाचामा कटिवद्ध भएर काम गरिरहेका छु । सम्पूर्ण वीरगञ्जवासी जनताको साथ र समर्थन खाँचो छ । शिक्षा र स्वास्थ्यको क्षेत्रमा उल्लेख्य काम नगरेसम्म वीरगञ्जबासीको वैभव कायम राख्न सकिन्छ । वीरगञ्ज महानगरपालिका वैभव वीरगञ्ज बनाउने योजना साकार पार्नेछु । भरोसा राख्न वीरगञ्जबासीलाई फेरि पनि आग्रह गर्दछु ।
० तपाई मेयरमा निर्वाचित भएर आएसँगै महानगरपालिकाको शिक्षा क्षेत्र ध्वस्त पार्नुभयो भन्ने आरोप छ । शिक्षाक्षेत्रको अवस्था एकदमै लाजमर्दाे स्थिति छ भन्ने आरोप छ । के भन्नुहुन्छ ?
आरोप लगाएरमात्र हुँदैन । काग कराउँदै गर्दछ पीना सुक्दै गर्दछ भनेझैं हो ती आरोपहरु । वीरगञ्ज महानगरभन्दा बाहिरका मान्छेले आरोप लगाएर हुँदैन । वीरगञ्जवासीहरुले म मेयरमा निर्वाचित भएर आएसँगै शिक्षा क्षेत्रमा भए/गरेका शिक्षा क्षेत्रको सुधारको कामको मूल्यांकन गरिरहेको छन् । महानगरबासीको निर्देशनभन्दा एक इञ्च पनि दायाँ बायाँ भएर कुनै काम गरेको छैन । म मेयरमा निर्वाचित भएको २७ महिना ९ दिन भयो । पालिकाभित्र ९० समुदायिक विद्यालय,३० माध्यमिक विद्यालय छन्,सामुदायिक विद्यालयका शिक्षकहरुले ३५ हजारदेखि ५० हजार मासिक तलब खान्छन, तर त्यहाँका विद्यार्थीहरु अनुत्र्तीण भइरहेका छन् । अनि नीजि विद्यालयका १० देखि १५ हजार मासिक तलब खान्छन् तर त्यहाँका विद्यार्थीहरु राम्रो ग्रेड ल्याएर उत्र्तीण भइरहेका छन् । समस्या कहाँ र के मा रहेछ ?यो बिषय उठान गर्दा वा सुधार गर्न खोज्दा भ्रष्टाचार हुन्छ ? विग्रिएको शिक्षा प्रणालीलाई थिति बसाल्न खोज्दा खोज्दा भ्रष्टाचार हुन्छ ? म कानुनी राज्य मान्ने मान्छे हुँ । कुनै बदमासी,कानुन मिचेर कहिल्यै काम गरिन र गर्दिन । यही थितिमा बसाल्न खोजेको हुँ,काम ठगेर र चोरी खान पल्किएकाहरुलाई मैले लिएको निर्णय मन परेन र उनीहरु विरोधमा उत्रिए । मेरो एउटै लक्ष्य र योजना जबसम्म यहाँका वच्चा शिक्षित बनाउने र वीरगञ्जवासीलाई स्वस्थ्य राख्ने हो । यी दुई बिषयमा कुनै कम्प्रोमाइज हुँदैन,म बाट । यो अवधिमा मैले गरेका कामको मूल्याकन वीरगञ्जबासीहरुले गरिरहेको छन् । सुधार गर्न खोज्दा तीललाई पहाड बनाउनेहरुलाई भन्नु केही छैन,मेरो ।
० जता जता हात हाल्नुभएको छ । विवादै विवाद,फण्डै फण्डा निस्किएको छ,कसरी विश्वास गर्ने तपाईको कामलाई ?
घोडा चढ्ने नै लड्ने हो । काम गर्न खोज्ने मान्छेकै आलोचना हुन्छ,विवादमा पर्दछ,ल्याइन्छ । म काम गर्दछु भने चर्चा वा विवाद विपक्षीको हुन्छ र ? एउटा सरकारी विद्यालयका शिक्षकले दश देखि चार बजेसम्म राम्रोसँग विद्यार्थीलाई पढाउनु भन्नु गलत हो र ? महानगरपालिकाभित्रको विद्यालय,शिक्षाका क्षेत्रमा गएर हेरौं न । यदि मैले कहिँ कतै गल्ती गरेको भए सजाय भोग्न तयार छु । वीरगञ्जको माटो उर्वर बनाउने जिम्मेवारी मेयरको मात्र होइन । सबैको दायित्व होला । यद्यपि म आएपछि शिक्षाको क्षेत्रमा धेरै सुधार भएको छ । जनतासँग गरेको वाचा अनुसार काम गरिरहेको छु ।
० बजारमा १५ सय पर्ने पखां ३६ सयमा किनियो । तपाईको सुशासन यही हो ?
पंखाको पनि क्वालिटी हुन्छ,स्टाण्डर्ड हुन्छ । १३ प्रतिशत भ्याट,आयकर जोडिन्छ । सार्वजनिक खरिद ऐन अनुसार,बजार मूल्य अनुसार,कम्तिमा १५ प्रतिशत नाफा राखेर सल्यायर्सलाई दिनुपर्ने हुन्छ । बजारमा खोजौं न, १५ सयमा स्टाण्ड फ्यान आउँछ ?घोटला भयो भन्नेलाई चुनौती दिन चाहन्छु । पहिला उक्त पंखको बजार मूल्य सोधुन । यदी कसैले बहस गर्दा वास्तविक धरातलमा टेकेर बहस गर्नुपर्दछ, न की हावा तालमा । उक्त पंख आयकर,सप्लायर्सको नाफा जोडेर ल्याइएको हो । केही घोटला भएको छ भनेर कसैले प्रमाणीत गर्दछ भने म चुनौति दिन चाहन्छु र जुनसुकै सजायको भागिदार हुन तयार छु । यदी बदमासी वा घोटला भएकै हो भने हेर्ने सम्बन्धित निकाय होलान हेर्लान नि,तिनले । मैले चुनाव जितेदेखि नै भनिरहेको छु त,हाम्रो कार्यलयमा केही गलत खरिद वा अनियमित कार्य भएको रहेछ भने फाइल उठाएर लैजाओस । अख्तियारको आयुक्तलाई नै भेटेर भनेको छु,आग्रह गरेको छु तर खै किन हो आउदैन ?
० तपाइको कार्यकालमा गफ धेरै भयो,काम कम भयो भन्छन त वीरगञ्जवासी ?
वीरगञ्जको विकास देख्न नचाहने रोगी मानसिकताबाट ग्रस्तहरुको भनाई हो यो । राजेशमान अगाडि बढेको,वीरगञ्जको विकास निर्माण भएको हेर्न नचाहने,सुमन्नत वीरगञ्ज देख्न नचाहने रोगी मानसिक रोगीहरुको भनाई हो । म आउनु अगाडि घण्टाघरको हालत के थियो ? आज कुन स्थिति छ ? यस्का अलवा शिक्षा,स्वास्थ्य,विकास निर्माणमा भएका प्रगति हेरुन र तथ्यमा बहस गर्न आउन यस्ता आरोप लगाउनेहरु मसँग ।
० तपाई कमिसनमा लिप्त हुनुभयो भन्छन त ?
मैले अघि नै भने,यदी कहिँ कतै त्यस्तो बदमासी भएको छ भने हेर्ने सरकारी निकायहरु होलान,हेरुन । तिनले मेरो कार्यालयमा भएका सबै फाइल उठाएर लगेर अध्ययन गरुन । हामीले कहाँ कहाँ कति भ्रष्टचार ग¥र्यौ,कति कमिसन खाइयो । लोकतन्त्रमा बोल्न छुट छ तर बोल्ने छुट छ भन्दैमा जे पनि बोल्ने छुट चाहिँ कसैलाई छैन । बोल्ने छुट छ भन्दैमा जे पायो त्यही बोल्नु भएन । म गफ कम र काम बढी गरेरै त्यस्ता निराधार आरोप लगाउनेहरुलाई कामबाटै जबाफ दिनेछु ।
० निर्वाचनमा होमिँदा खानेपानीको समस्या सामाधान गर्दछु भन्नुभएको थियो । चुनावी वाचा कतिको हेक्का छ ?
पानीको समस्या अहिले वीरगञ्ज महानगरपालिकाभित्रै कतै छैन । म आउनु अघि जहाँ जहाँ समस्या थियो । मेयर निर्वाचित भएर आएसँगै ती खानेपानी,टंयाकीका समस्याहरु सबै सामाधान भइसकेको छ । २७ महिनाको अवधिमा खानेपानीको समस्या जहाँ जहाँ देखियो त्यहाँ समस्या थियो त्यहाँ तत्काल समस्या सामाधान भएको छ ।
० तपाई आफ्नो स्वास्थ्यमा समस्या आउँदा उपचारका लागि विदेश दौड्नुहुन्छ ?महानगरवासीको स्वास्थ्य समस्या सामाधानका लागि के के गर्नुभयो ?
मेरो पनि त व्यक्तिगत जीवन छ । म उपचारका लागि विदेश गएको होइन । यही एकसे एक डाक्टर छन् । स्वास्थ्यमा समस्या आउँदा यतै उपचार गराउँदै आएको छु । म आउनस अघि र आएपछि स्वास्थ्य क्षेत्रमा भएको सुधारका काम तपाईहरु मिडियाकर्मीहरुले नै हेर्नुहोस र मूल्यांकन गर्नुहोस । मिडियाकर्मी साथीहरु पनि कागले कान लग्यो भने कागको पछि दौडने होइन । बन्द भएका ल्याबहरु चल्न थालेका छन््,कतिपय स्थानमा प्रयोगशाला निर्माण भएको छ । गाँउ गाँउमा बर्थिङ्ग सेन्टर खुलेको,भिडियो,एक्सरे सेवा पुगेको छ । पहिलाको भन्दा धेरै स्वास्थ्यको क्षेत्रमा व्यापक सुधार र प्रगति भएको छ ।
० तपाई जताततै चमत्कारको कुरा गर्नुहुन्छ तर पालिकाको वडा नम्बर ३१ मा यातायात, विजुलीका समस्या जस्ताको त्यस्तै रहेको गुनासो सोही ठाउँका स्थानीयहरु गर्दैछन् । वास्तविकता के हो ?
हो,३१ नम्बर वडामा केही समस्या छन् । त्यहाँको भौतिक पूर्वाधारको क्षेत्रमा लगानी गरेका छौं । लगानी गरे अनुसार प्रतिफल आएको छैन होला । सडकको हकमा केही समस्या होलान तर विजुली वत्तिको सम्बन्धमा समस्या छैन । म निर्वाचित भएर आएपछि अध्यारो वीरगञ्ज उज्यालो वीरगञ्जमा परिणत भएको छ । वीरगञ्जको ग्रामीण क्षेत्रमा समेत विजुलीको बिषयमा कुनै समस्या छैन । हरेक पोलमा बिजुली बल्छन अहिले । उज्यालो वीरगञ्जको बिषयमा कुनै कम्प्रमाइज गरिएको छैन । जे बोलेको छु त्यो पूरा गरेको छु ।
० तपाई मेयर बन्नुभएपछिको यो २७ महिनाको अधिमा भएको ठोस काम के के हुन ?
त्यो त तपाईहरु आफैंले मूल्यांकन गर्ने कुरा हो । यद्यपि भौतिक पूर्वाधार,शिक्षा,स्वास्थ्य क्षेत्र,विकास निर्माणको क्षेत्रमा धेरै सुधारको काम भएको छ । मलाई कतै शिलालेख खेप्ने,नाम कुद्ने रहर छैन । यी क्षेत्रमा भएको सुधार तपाईहरु आफैं हेर्नुहोस,मूल्यांकन गर्नुहोस ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।