नेकपा एसको महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित, रामकुमारी झाँक्री पराजित, पदाधिकारीमा को- को ?

नेकपा (एकीकृत समाजवादी) को महिला उपाध्यक्षमा जयन्ती देवी राई निर्वाचित भएकी छिन्। राईले १८९ मत पाएर विजयी हुँदा पूर्व मन्त्री समेत रहेकी झाँक्रीले भने ११२ मत प्राप्त गरेकी हुन । नेकपा एकीकृत समाजवादीको पदाधिकारीको मतगणना सकिएको छ ।

बिज्ञापन

अन्तिम परिणाम अनुसार उपाध्यक्षमा डा गंगालाल तुलाधर १८९, जगन्नाथ खतिवडा १५१, प्रकाश ज्वाला १४५ र भानुभक्त जोशी १५६ मतले विजयी भएका छन् ।

बिज्ञापन

महिला उपाध्यक्षमा जयन्ती राई विजयी भएकी छन् । यस्तै मधेशी कलस्टरमा धर्मनाथ प्रसाद शाह विजयी भएका छन् । उनले १६४ मत पाउँदा रामचन्द्र झाले १४४ मत पाए ।

बिज्ञापन

सचिवमा गणेशबहादुर विश्वकर्मा, बलदेब चौधरी, श्रीनाथ बराल, साबित्रा भुषाल, शेरबहादुर कुंवर, सोमप्रसाद पाण्डे र चन्द्रबहादुर शाही बिजयी भएका छन् ।

यस अघि वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे सर्वसहमत भइसकेका छन् । घनेन्द्र बस्नेतलाई उम्मेदवारी फिर्ता लिन सहमत गराएर पाण्डेलाई निर्विरोध वरिष्ठ उपाध्यक्ष बनाइएको थियो । एसका १७ पदका निम्ति ६७ जनाको उम्मेदवारी परेको थियो ।

चार जना खुला उपाध्यक्षका निम्ति ११ जनाले उम्मेदवारी दिए । चार उपमहासचिव पदका निम्ति १९ जनाको उम्मेद्वारी पर्यो । दलित र जनजाति तर्फको एक एक सचिवमा तीन,तीन जनाले उम्मेद्वारी दिए । ५ पदको खुला सचिवमा २७ जनाको उम्मेदवारी परेको थियो ।

मतदान हुँदा एकीकृत समाजवादीभित्रको अन्तरसंघर्ष छरपष्ट भएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

होलीमा भेला हुन र चुनावी प्रचार गर्न प्रतिबन्ध

सरकारी कारोबारमा हुने ‘एकाउन्ट पेयी’ चेकको प्रयोगमा नयाँ व्यवस्था

अर्थका चार कर्मचारी लेखा परीक्षण अधिकारीमा बढुवा सिफारिस

निर्वाचनकै मुखमा लमजुङका सिडिओ निलम्बित

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने कार्यालय प्रमुख र माध्यमिक शिक्षकलाई विभागीय कारवाहीको सिफारिस

इमान्दार सहसचिव झालाई मन्त्रीको ठाडो दबाबः नमान्दा सतर्कतामा धकेलिँदै

नासु,कम्युटर अपरेटर,प्रदेश सचिवसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्धा

मालपानीको गाडीमा १०१ प्रतिशत भन्सार छुट,वीरगञ्ज भन्सारबाट चार कर्मचारी तानिए विभाग

बिशेष