मधेश प्रदेश : स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धी विधेयक प्रमाणीकरण

मधेस प्रदेशका प्रमुख सुमित्रा भण्डारीले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी छिन् ।
हिजो उनले उक्त विद्येयक प्रमाणीकरण गरेकी हुन । विद्येयकमा १५९ वटा दफा रहेका छन् । यस अघि गत साउनमा बसेको प्रदेशसभाको दोस्रो बैठकबाट संशोधनकर्ता संशोधन प्रस्ताव फिर्ता लिएपछि विधेयक सर्वसम्मतिले पारित भएको थियो । स्थानीय तहका कर्मचारीको हकमा प्रदेश सरकारले कानुन बनाउने संवैधानिक व्यवस्था बमोजिम विधेयक पारित भएको थियो ।

बिज्ञापन

विधेयकमा उठेका विभिन्न जिज्ञासाका विषयमा मुख्यमन्त्री सतिशकुमार सिंहले जवाफ दिँदै विधेयकका विषयमा प्रदेशसभाका सदस्यले उठाएका विषय लोकसेवा आयोगको परामर्शमा नै राख्ने काम भएको र धेरै सुझाव विधेयकमा समेट्ने काम भएको जनाएका थिए ।

बिज्ञापन

यसअघि विधेयकको नाम, प्रस्तावनासहित दफा २ देखि १५९ सम्मका भाग पारित गरेर विधेयकको भाग बनेको जानकारी सभामुखले गराएका थिए । उक्त विद्येयक हिजो प्रदेश प्रमुख भण्डारीले प्रमाणीकरण गरेकी हुन ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

तत्कालीन मालपोत प्रमुखसँग १० लाख धरौटी माग

सिडिइ साहको कार्यशैली विवादित: कर्मचारी र ठेकेदार आजित

ग्यासको अनावश्यक भण्डारण नगर्न आयल निगमको आग्रह

समानुपातिकबाट ७७ महिला आउँदै,कुन दलबाट कति ?

बालेनको पहिलो काम: निजामती सेवा पुनर्गठन

रास्वपाको दुई तिहाइ पुग्न २ सिट कम, फेरि प्रचण्ड नै निर्णायक

संसदको नयाँ स्वरुप : ६ दल अस्तित्वमा,बढारिए ६ दल

भ्रष्टाचार मुद्धामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत,इन्जिनियर र लेखापाल दोषी ठहर

बिशेष