जनप्रतिनिधिलाई चाहियो खोजी खोजी भ्रष्ट कर्मचारी

एमालेलाई भ्रष्ट कर्मचारी कति प्यारा हुँदा रहेछन् भन्ने एउटा ताजा उदाहरण देखिएको छ । अहिले पर्सा जिल्लाबाटै तीन जना संघीय मन्त्री छन्,जसमध्ये संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको कुर्सीमा छन्,राजकुमार गुप्ता ।

बिज्ञापन

उनै गुप्तालाई प्रयोग गरेर एमालेका जनप्रतिनिधिहरुले भ्रष्टाचार मुद्धा खेपिरहेको एक कर्मचारीलाई टिपेर पालिकामा पु¥याएका छन् । एमालेका मन्त्रीलाई प्रयोग गरेर माओवादीका जनप्रतिनिधि भएको स्थानीय तह पेलानमा पर्न थालेका छन् । जसमध्येकै एक हो जितपुरगढी उपमहानगरपालिका । जहाँका मेयर छन्,राजन पौडेल । उनी माओवादीबाट निर्वाचित भएका । तीन महिना अगाडिमात्र त्यहाँ उर्मिला काफ्ले प्रमुख प्रशासकीय अधिकृतको कुर्सीमा पुगेकी थिइन । काफ्ले मधेश प्रदेशमा १३६ वटा स्थानीय तहमध्ये एक्लो महिला प्रमुख प्रशासकीय अधिकृत हुन । उनलाई तीन महिना नपुग्दै संघीय मामिला तथा सामान्य प्रशासन सचिव मुकुन्द निरौलाको मिलेमतोमा हटाइएको छ । जबकी संघीय मामिला मन्त्रालयले सामान्यतय २ वर्षमा मात्र प्रमुख प्रशासकीय अधिकृत सरुवा गर्ने गरी सरुवासम्वन्धि मापदण्डको मस्यौदा तयार पारेको छ । तर उक्त मस्यौदाको मसी नसुक्दै उनलाई फालिएको हो । यसरी फाल्नुको एउटामात्र कारण हो, नगरसभा संचालन सम्वन्धि कानुनलाई टेकेर नगरसभा बैठक संचालनमा मेयर पौडेललाई साथ दिनु ।

बिज्ञापन

मेयर राजन पौडेलले यसरी बजेट पारित गरेपछि उपमेयर, वडाअध्यक्ष र बडासदस्यसहितको बहुमत जनप्रतिनिधिले उच्च अदालत जनकपुरको बीरगंजस्थित अस्थायी इजलासमा बजेट कार्यान्वयन रोक्न माग गर्दै रिट निवेदन दिए । तर अदालतले निवेदकले भनेअनुसार तत्काल बजेट कार्यान्वयनमा रोक लगाउन नपर्ने भन्दै अन्तरिम आदेश दिएसँगै काफ्लेको सरुवा गराउने खेतीपाती शुरु भएको हो । बजेट कार्यान्वयनमा लगेको भन्दै एमालेका वडा अध्यक्ष तथा जनप्रतिनिधिहरुले मन्त्रीको कान भरेसँगै तीन महिनामै उनलाई त्यहाँबाट खेदेर सामान्य प्रशासन मन्त्रालयमा तानिएको छ । र त्यहाँ बदनामीमा मुछिएका कर्मचारीलाई जिम्मेवारी दिइएको छ ।

बिज्ञापन

सामान्य प्रशासन मन्त्रालयले त्यहाँ शिक्षा सेवाका कर्मचारीलाई निमित्त बनाएर लगिएको छ,चेतबहादुर पोखरेललाई । दरबन्दी तेरिज अनुसार उपमहानगरपालिकामा सहसचिवको दरबन्दी रहन्छ । तर साउन ३ गते शिक्षा सेवाको चेतकुमारलाई त्यहाँ निमित्त हाकिम बनाएर खटाइएको छ ।अहिले सामान्य प्रशासनलाई प्रभावमा पारेर जनप्रतिनिधिहरुले निमित्त प्रमुख प्रशासकीय अधिकृतब नाएर लगेका पोखरेल यस अघि सोही पालिकामा २ बर्ष ६ महिना कार्यरत रहँदा उपमहानगरको सरकारी नम्बरको टिपर प्रयोग गरेर टाँगियावस्तीबाट सालको चोरी तस्करीको चिरान काठ आफ्नो निजी घर बनाउन ल्याउँदै गरेको अवस्थामा बाराको पिलुवामा प्रहरीले नियन्त्रणमा लिएको थियो । वन पैदावार ओसारपसार मुद्दामा पोखरेल विरुद्ध २०७८ जेठ २० गते पक्राउ पुर्जी जारी भएको थियो । सो मुद्धा विचराधिन छ । फरार रहेका पोखरेल पछि अदालतमा उपस्थित भएर धरौटीमा छुटेका थिए । उनी विरुद्धको मुद्दाको अन्तिम फैसला भइसकेको छैन ।

पोखरेलविरुद्ध डिभिजन वन कार्यालय बारामा मुद्दा विचाराधीन रहेको अवस्थामा बदनाम कर्मचारीलाई टिपेर एमालेले प्रमुख प्रशासकीय अधिकृतको जिम्मोवरी दिँदै स्थानीय तहमा लगेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रीका स्वकीयका अगाडि सचिव र सहसचिव निरिह

२० भदौंभित्र सहसचिव र उपसचिव पदको माग आकृति फाराम पठाउन सामान्यको परिपत्र

मन्त्री न्यौपाने भन्छिन्ः अब एक वर्ष नपुग्दै कसैको सरुवा हुँदैन

‘अब एक वर्ष दिन नपुगी कुनै कर्मचारीको सरुवा हुँदैन’ : मन्त्री न्यौपाने

भ्रष्टाचार मुद्धामा मुख्य सचिवलाई उन्मुक्ति दिएको भन्दै सर्वाेच्च पुग्यो अख्तियार

“नाडा अटो शोमा फ्लाइङ कारको नाममा ड्रोन देखाएर ठगी, पूर्वसचिव उपाध्यायको टिप्पणी

दुई मन्त्री हेरफेर गर्ने तयारी,नयाँ नाम प्रधानमन्त्रीको गोजीमा

निजामती पुरस्कारमा ‘स्वार्थको द्धन्द’ : इमान्दार वञ्चित, नजिकका पुरस्कृत

बिशेष