काठमाडौंका मेयर वालेन साहको निर्णयको विरुद्धमा वडा अध्यक्ष सडकमा आएका छन् । न्युरोडमा फुटपाथ विस्तारको निर्णय फिर्ता लिन माग गर्दै आन्दोलनको नेतृत्व गरिरहेका काठमाडौँ महानगरपालिका २२ नम्बर वडाका वडाध्यक्ष चिनीकाजी महर्जनले सडकमै टेबलकुर्सी राखेर काम शुरु गरेका छन् ।
बिज्ञापन
धर्मपथ सडकखण्डबाट नेपाल बैंक जाने बाटोमा पाल टाँगी टेबलकुर्सी राखेर उनले त्यहिँबाट वडाको काम गर्न लागेका हुन् । महानगरले फुटपाथ विस्तार गर्ने निर्णय फिर्ता नलिएसम्म सडकबाटै वडा कार्यालय चलाउने एमालेबाट वडाध्यक्ष जितेका उनले बताए ।
बिज्ञापन
न्युरोडमा जन्मिए, हुर्किएका चिनकाजी पञ्चायती व्यवस्था बदल्ने आन्दोलनमा होमिए । ०४५ सालमा नेकपा मालेबाट राजनीति थालेका उनी मनमोहन अधिकारी नेतृत्वको माक्र्सवादीसँग माले एकीकृत भएसँगै एमाले बने । कलेज पढ्दै गर्दा कामाडौंको जनप्रतिनिधि निर्वाचित भए । पिएल सिंह मेयर हुँदाका कान्छो सदस्य उनले विद्यासुन्दर शाक्य मेयर हुँदा २२ नम्बर वडाको अध्यक्ष चलाए । दुई वर्षदेखि फेरि वडाध्यक्ष रहेका उनी पार्टी जिल्ला कमिटी सदस्य, क्षेत्रीय कमिटी सचिव हुँदै हालै मेयर बालेन साहसँग जुधेका कारण थप चर्चामा छन् ।उनै वडा अध्यक्षले टेबुल र कुर्सी बोकेर सडकबाटै जनताको सेवा दिन थालेसँगै उनी चर्चा र विवादमा छन् ।
सडक विभागको क्षेत्राधिकार मिचेको भन्दै रोकेको काठमाडौं महानगरपालिकास्थित न्युरोड क्षेत्रको फुटपाथ विस्तार कार्य फेरि सुरू भएको थियो । महानगरले फुटपाथ विस्तारका लागि भत्काएको स्थानमा क्षेत्राधिकार मिचेको भन्दै सडक विभागअन्तर्गतको सडक डिभिजन कार्यालयले कालोपत्रे गरेको थियो । सडक डिभिजन कार्यालयको हस्तक्षेपको विरोधमा महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दर्ता गराएको थियो । रिटमाथि सुनुवाइ गर्दै उच्च अदालतले सहरी सडक स्थानीय तह मातहतमा रहने भन्दै न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश दिएको थियो । सो सँगै न्यूरोडमा सडक विस्तारको काम अगाडि बढाइएको हो तर महानगरका वडा अध्यक्षहरु नै यसको विपक्षमा उत्रिदै आएका छन् । जसमध्येका एक छन् चिनीकाजी,एमाले सांसद कृष्णगोपाल श्रेष्ठ, बागमती प्रदेशका पूर्वसांसद गणेश दुलाल, नेपाली काँग्रेस काठमाडौं महानगरपालिकाका सभापति निलकाजी शाक्य, तरुण दलका पूर्वकेन्द्रीय सदस्य अमृत मानन्धरले ऐक्यवद्धता जनाएका छन् । त्यस्तै, २३ नम्बरका वडाध्यक्ष मचाराजा महर्जन, ३२ का नवराज पराजुली, १८ का न्हुन्छेकाजी महर्जन, २१ नम्बरका उदय चुणामणि बज्राचार्य, वडा नम्बर २ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठलगायत एक सय बढीको समर्थन छ ।
बिज्ञापन
उच्च अदालत पाटनले फुटपाथ विस्तारको काम अघि बढाउन अन्तरिम आदेश दिएसँगै महानगरले गत बुधवारदेखि काम शुरु गरेको थियो । तर, फुटपाथ विस्तार गर्दा सडक साँघुरो हुने र न्युरोडको इतिहास मेटिने भन्दै वडाध्यक्ष महर्जनको नेतृत्वमा प्रदर्शन भइरहेको छ । सो क्रममा शुक्रबार स्थानीयहरुले जुद्ध शालिक हुँदै धर्मपथ सडकखण्डबाट नेपाल बैंक जाने बाटोसम्म राति धर्ना बस्न पाल टाँगेका थिए । दिँउसो महानगरको डोजरमाथि चढेका उनीहरु रातभर जाग्राम बसेर सडक खन्न दिएनन् ।