एमालेका मन्त्री आउने वित्तिकै माओवादी मेयर र उपमेयर भएका पालिकाहरु पेलानमा पर्न थालेका छन् । त्यसकै उदाहरण हो :-जितपुर उपमहानगरपालिका । हालैमात्र माओवादी र एमालेको गठबन्धन फेरिएर काँग्रेस एमाले गठबन्धन बनेको छ र संघीय मन्त्रालयको पेलानमा पर्न थालेको छ माओवादीका मेयर रहेका स्थानीय तहहरु । नवनियुक्त मन्त्री राजकुमार गुप्ताले समेत कर्मचारी सरुवा प्रक्रिया मिचेर नगर्ने बताइरहेका छन् तर मन्त्री नियुक्त भएको एक साता नबित्दै एमालेका जनप्रतिनिधिको दबाबमा प्रमुख प्रशासकीय अधिकृत सरुवा गरियो त्यो पनि तीन महिना नबित्दै जबकी प्रस्तावित मापदण्डमा दुई बर्षसम्म प्रमुख प्रशासकीय अधिकृत नचलाइने भनिएको छ । उसोमाथि मन्त्रालयले कर्मचारी सरुवाको सबै काम अहिले रोकेको स्थिती छ ।
बिज्ञापन
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय आफैंले कर्मचारी सरुवासम्बन्धी मापदण्डको मस्यौदा बनाएको छ । उक्त मस्यौदाको मसी सुक्न नपाउँदै जितपुर उपमहानगरपालिकामा पूर्वाग्रह राखेर कर्मचारी सरुवा गरिएको भन्दै मेयर राजन पौडेलले आपत्ति जनाएका छन् र आफू मन्त्रालयको पूर्वाग्राहीविरुद्ध सशक्त रुपमा लड्ने बताएका छन् ।
बिज्ञापन
मेयरसहितको एक तिहाइ जनप्रतिनिधिको नगरसभा बैठकबाट पारित बजेटमा प्रशासकीय अधिकृत पनि सहभागी भएको र मेयरले बजेट खर्चको अख्तियारी समेत दिइसकेको अवस्थामा एमाले निकटका जनप्रतिनिधिहरुले मेयरको कदम रोक्न अधिकृत सरुवाको चलखेलमा लागे जस्लाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समेत अनुमोदन गरिदिएको हो ।
पौडेलले कर्मचारी प्रेससँग भने,असार १० गते नगर सभाबाट नीति तथा कार्यक्रम र बजेट पास नगराउने चालबाजी थियो,एमालेका जनप्रतिनिधिहरुको तर उक्त प्रमुख प्रशसकीय अधिकृत उर्मिला काफ्लेले उक्त बजेट तथा नीति तथा कार्यक्रम पास गर्न सहयोग गरेको भन्दै उनलाई हटाउन एमालेका जनप्रतिनिधिहरु लागिपरेका हुन । एमालेबाट निर्वाचित केही जनप्रतिनिधिहरूले काफ्ले विरुद्ध उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जमा मुद्दा हाले तर अदालले स्टे अर्डर नदिए पछि एमालेकै मन्त्री भएको मौका छोपेर उनलाई सरुवा गराउने काम तमाम पारेका हुन ।
बिज्ञापन
मन्त्रालयको कुर्सीमा एमाले पुग्नु र आफू नेकपा माओवादीबाट निर्वाचित नगर प्रमुख भएकै कारण राजनीतिक प्रतिशोध साध्नका लागि कानुन मिचेर प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरिएको पौडेलको आरोप छ । काफ्लेलाई तीन महिना नपुग्दै साउन ३ गते सरुवा गरिएको छ । काफ्लेले वैशाख २८ मा जीतपुरसिमरा उपमहानगरको प्रमुख प्रशासकीय अधिकृतको रूपमा जिम्मेवारी सम्हालेकी थिइन् । जिम्मेवारी सम्हालेको साढे दुई महिना नपुग्दै उनको सरुवा भएको हो । उनलाई सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरेर त्यहाँ एमाले निकटका चेतकुमार पोखरेललाई कामकाजमा सो पालिकामा खटाइएसँगै मेयर पौडेलले मन्त्रालयमा पत्र पठाएका छन् ।
विगतमा दुई बर्ष ६ महनिा सोही उपमहानगरपालिकामा कार्यरत रहँदा विना इजाजत वन पैदावर ओसार पसार गरेको मुद्धा डिभिजन वन कार्यालय सिमरा वारामा विचराधिन रहेको हुँदा उनलाई हाजिर गराउन नसकिने र मन्त्रालय आफैंले बनाएको मापदण्ड अनुसार,उपमहानगपालिकामा सहसचिवको दरबन्दी रहने हुँदा शिक्षा सेवाका उपसचिवलाई हाजिर गराउन नसकिने जबाफ पठाएका छन् ।