बर्ष दिनमै ४८ प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्धा,३१ अझैं निलम्बित

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्ष दिनमै ४८ जना प्रमुख प्रशासकीय अधिकृतलाई भ्रष्टाचार मुद्धा चलाएको छ । अघिल्लो आर्थिक बर्ष र चालु आर्थिक बर्षको असार मसान्तसम्ममा स्थानीय तहमा भ्रष्टाचार,अनियमिततासम्बन्धी ८१ वटा मुद्धा दायर भएकोमा ४८ जना प्रमुख प्रशासीकय अधिकृतलाई समेत प्रतिवादी बनाएर अख्तियारले विशेषमा मुद्धा चलाएको हो ।

बिज्ञापन

सार्केगाड गाउँपालिका हुम्लाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाही,मिथिला बिहारी नगरपालिका धनुषाको प्रमुख प्रशासकीय अधिकृत राम दरश यादव,नवराजपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत,कटहरिया नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह,मनहरी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाई,वागमती नगरपालिका सर्लाहीको प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेललाई भ्रष्टाचार मुद्धा चलाएको छ ।

बिज्ञापन

नवराजपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतलाई अख्तियारले जेठ २८ गते विशेषमा भ्रष्टाचार मुद्धा चलाएको थियो । यस्तै गोदवारी नगरपालिकामा भएको एक अर्ब बढी भ्रष्टाचार मुद्धामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी,विश्वराज मरासेनी,वीरेन्द्रदेव भारती र प्रविन कोइरालालाई प्रतिवादी बनाएर अख्तियारले राजश्व चुहावटको मुद्धा लगेको छ विशेषमा ।

अख्तियारले घुस रिसवत मुद्धामा शहीददनगर नगरपालिका धनुषाको प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरी,गैरकानुनी लाभ हानीको मुद्धामा सोरु गाउँपालिका मुगुको प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र मल्ललाई प्रतिवादी बनाएर मुद्धा लगेको छ । सार्वजनिक सम्पत्ति हानी नोक्सानी मुद्धामा भेरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद पौडेललाई अख्तियारले प्रतिवादी बनाएर मुद्धा विशेषमा लगेको छ । जलेश्वर नगरपालिकाका मित्रलाल ढकाललाई गैरकानुनी लाभ हानी,चम्पादेवी गाउँपालिकाका भीमप्रसाद दाहाललाई प्रतिवादी बनाएर अख्तियारले गत वैशाख २७ मा मुद्धा अख्तियार पुर्याएको छ ।

बिज्ञापन

यस्तै,एकडारा गाउँपालिका महोत्तरीका प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंह,महावै गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह,चंखेली गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीलाई प्रतिवादी बनाएर अख्तियारले विशेषमा मुद्धा लगेको छ । यी मुद्धा ८१ वैशाखदेखि यता असार मसान्तसम्ममा डामिएका प्रमुख प्रशासकीय अधिकृतहरुको हो ।

यस्तै चैत्र महिनामा अख्तियारले पलाँता गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत रामकुमार कुस्मा,कर्जन्हा नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डल र बुद्धिमान दुनुवारविरुद्ध अख्तियारले मुद्धा चलाएको छ । अख्तियारका अनुसार,हरिपुर नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत नइन्द्रकुमार पौडेल,ईशनाथ गाउँपालिकाको किशोर कुमार गुप्ता,चंखेली गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीलाई प्रतिवादी बनाएर अख्तियारले विशेषमा मुद्धा चलाएको थियो ।
यस्तै फागुन महिनामा तामाकोशी गाउँपालिकाको निमेष मिश्र,सम्सी महोत्तरी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत मोहिबुल अन्सारी,चंखेलीकै प्रमुख विष्णुबहादुर शाहीविरुद्ध गैरकानुनी लाभ हानीको अर्काे मुद्धा विशेषमा पुर्याएको छ अख्थियारले ।
शहीदनगर धनुषाको प्रमुख प्रशासकीय अधिकृत शत्रुध्न यादव,अदानचुली हुम्लाका तीलप्रसाद पाण्डे,छाँयानाथ नगरपालिका मुगुको प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारु,मुड्केचुला गाउँपालिकाका सिंहराज डाँगी,रुपनी गाउँपालिका सप्तरीको अरविन्द्र कुमार चौधरीविरुद्ध समेत भ्रष्टाचार मुद्धा लगेको छ अख्तियारले ।
यस्तै हंसपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत केशवकुमार अधिकारी,रामधुनी नगरपालिका सुनसरीको ओमप्रकाश न्यौपानेविरुद्ध समेत अख्तियारले गत बर्ष गैरकानुनी लाभ हानीको मुद्धा विशेष अदालतमा पुर्याएको छ । रामधुनी नगरपालिकामा ओमप्रकाश न्यौपानेलाई गैरकानुनी लाभ हानीकै मुद्धा चलाएको छ,अख्तियारले ।
सार्वजनिक सम्पत्ति हानी नोक्सानीको मुद्धा विशेषमा पुर्याएको छ अख्तियारले । यस्तो मुद्धा खेप्दैछन्,खैरहनी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्मा,राजश्व चुहावटको मुद्धामा चन्दपुर नगरपालिका रौतहटको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सिग्देलविरुद्ध मुद्धा चलाउँदा सिम्रौनगढ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासैनी,लिखुपिके गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी,बादेबसाइन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव,मर्चवारी गाउँपालिका रुपन्देहीका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्याल,सिम्रौनगढ नगरपालिका वाराका प्रमुख प्रशासकीय अधिकृत वरिुेन्द्रप्रसाद साह कानु,छाँयानाथ रारा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत ललितजंग मल्ल,पिपरा गाउँपालिका महोत्तरीका प्रमुख प्रशासकीय रजिंता झा,शैल्यशिखर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्ट र सिद्धिचरण नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाविरुद्ध अख्तियारले गत बर्ष विशेषमा मुद्धा चलाएको हो ।
अख्तियारले ४८ जनालाई प्रतिवादी बनाएर मुद्धा लगेकोमा १७ जनाले सफाइ पाएका छन् भने अझैं ३१ जना निलम्बनमा छन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।