पदभार ग्रहण गर्दै पौडेलले भने :अस्पतालहरूमा अब लाइन बस्नुपर्दैन्

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेका छन् । सोमबार मन्त्रीमा नियुक्त भएर शपथ लिएपछि उनले स्वास्थ्य मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

बिज्ञापन

पदभार ग्रहण गर्दै मन्त्री पौडेलले क्यान्सर रोगीहरूको उपचारका लागि एकरुपता कायम गर्ने गरी उपचार प्रणाली विकास गर्ने प्रतिवद्धता जनाए । उपचार सेवा प्रदान गर्नका लागि विशेष कार्यक्रमहरु ल्याउने पनि उनले घोषणा गरे ।

बिज्ञापन

उनले भने,‘क्यान्सर रोगबाट धेरै नागरिकहरु पीडित भएको स्थिति छ । रोग लागेकाहरुलाई सुविधा दिने कुरा आर्फैमा जरुरी हो । त्योसँगसँगै रोग लाग्न नदिनु अर्को जरुरी कुरा हो । क्यान्सर रोगको उपचारका लागि एकरुपता कायम गर्ने गरी हामीले त्यसको प्रणाली विकास गर्ने छौं । र उपचार सेवा प्रदान गर्नका लागि हामीले विशेष कार्यक्रमहरु ल्याउने छौ । ’

उनले एक महिनाभित्र संघीय अस्पतालहरूमा लाइन बस्नु नपर्ने व्यवस्था गर्ने पनि प्रविद्धता जनाए । आफ्नो कार्यकाल मितब्ययी बनाउने उनले खादामाला भने ग्रहण गरेनन् ।

बिज्ञापन

सो अवसरमा स्वास्थ्य सचिव रोशन पोखरेल म्याटरलाई बुझेर निर्णय गर्ने नवनियुक्त मन्त्रीको स्वभावलाई मन्त्रालयमा लागू गर्न पाए मन्त्रालयले प्रगती गर्नेमा आफू ढुक्क रहेको बताए । आगामी दिनमा देखिने गरेर परिवर्तनको अनुभुती मन्त्रालयले चाहेको र टिमवर्कबाट अघि बढ्नआफू तयार रहेको पनि बताए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

‘कुलिङ पिरियड’मा भएको हेरफेर छानबिन गर्न सभामुखलाई सङ्घीय मामिलामन्त्री गुप्ताको आग्रह

पौडेलको कार्यशैलीप्रति असन्तुष्टि, गृहमन्त्रीका निजी सचिवदेखि प्रशासन शाखाका कर्मचारीसम्म रसुवाको दौडमा

‘विश्वास’ र ‘कृपया’ अभियान स्थानीय विकासको रूपान्तरणकारी अवधारणा 

‘न्यु टेक’ ठेकेदार सुकुलालको घटिया काम: रसुवालीले भोग्दै शास्ती

वैदेशिक रोजगार विभागमा अधिकृत खतिवडाको आतंक

संघीय निजामती सेवा विधेयकमा कर्मचारी सरोकार सम्बोधन नगर्नु दुःखद : निजामती युनियन

बजेटमा अर्थ सचिवको बदमासी : जन्मथलोमा ८ करोडको योजना

‘कर्मचारीको आँशु झार्ने कानुन’

बिशेष