ओलीले कम्युनिष्ट प्रधानमन्त्रीको,भण्डारीले भत्काए गच्छदारको रेकर्ड

केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्रीमा नियुक्त भएका छन् । उनी तीन बर्ष पछि बालकोटबाट सिंहदरबार फर्किदा पूरानो रेकर्ड पनि भत्काउन सफल भएका छन् । हालसम्म ६ जना कम्युनिस्ट नेता ११ पटक प्रधानमन्त्री भएका छन्। जसमा सबैभन्दा धेरै चार पटक प्रधानमन्त्री भएर केपी ओलीले रेकर्ड भत्काएका हुन । हालै बर्हिगमनमा परेका पुष्पकमल दाहाल प्रचण्ड तीन पटक प्रधानमन्त्री चलाए ।
यस्तै माधव नेपाल एक पटक,झलनाथ खनाल एक पटक,वावुराम भट्टराईले एक पटक प्रधानमन्त्री चलाए । कम्युनिस्ट नेताका रूपमा सबैभन्दा पहिला मनमोहन अधिकारीले प्रधानमन्त्री बन्ने अवसर पाए। नेकपा एमालेका तत्कालीन अध्यक्ष अधिकारी २०५१ मा प्रधानमन्त्री भएका थिए। ओली त्यही सरकारमा गृहमन्त्री थिए।
ओली ७२ साल यता ७४,७८ र अहिले गरी चार पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेर सबैभन्दा बढी कम्युनिष्ट प्रधानमन्त्रीको रुपमा रेकर्ड राख्न सफल भएका छन् ।

बिज्ञापन

उता ओलीकै क्याविनेटमा श्रम मन्त्री बनेका शरद सिंह भण्डारीले आफ्नै रेकर्ड भत्काएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता शरतसिंह भण्डारी २०औँ पटक मन्त्री बनेका छन् ।

बिज्ञापन

२०४३ सालमा पहिलोपटक सहायक मन्त्री बनेका भण्डारी त्यसयता २० औं पटक मन्त्री बनिसकेका छन् । यसअघि पुष्पकमल दाहाल नेतृत्वको सरकारमा पनि उनी सोही मन्त्रालयमा थिए । नेपालको इतिहासमा सबैभन्दा बढीपटक मन्त्री बन्ने उनी एक्लो व्यक्ति हुन् । नेपाली कांग्रेसका विजयकुमार गच्छदार १४ पटक मन्त्री बनेका छन् । भण्डारीले गच्छदारको रेकर्ड भत्काएका हुन ।

पञ्चायतदेखि बहुदल हुँदै गणतन्त्रसम्मका प्रधानमन्त्रीले आफ्नो ‘क्याबिनेट’मा दोहोर्‍याइरहेका रहेका भण्डारी पहिलो पटक २०४३ मा तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहको नेतृत्वमा वाणिज्य राज्यमन्त्री भएका थिए। महोत्तरी२ बाट निर्वाचित सांसद भण्डारी पञ्चायत कालदेखि नै विभिन्न सरकारमा सहायकमन्त्री, राज्यमन्त्री र मन्त्री बन्दै आएका छन् ।

बिज्ञापन

नेपालको राजनीतिक इतिहासमा सबैभन्दा बढी २० पटक मन्त्री बनेर शरदसिंह भण्डारीले र चौथो पटक कम्युनिष्ट प्रधानमन्त्री बनेर केपी शर्मा ओलीले रेकर्ड ब्रेक गरेका हुन ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।