ओलीका क्याविनेटमा एकै जिल्लाका तीन मन्त्री

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चौथो कार्यकालका लागि प्रधानमन्त्रीको शपथ लिएका छन् । प्रधानमन्त्री ओलीसँगै सोमबार २ उपप्रधानमन्त्री र १९ जना मन्त्रीले शपथ लिएका छन् । ओली क्याबिनेट २२ सदस्यीय भएको छ । केपी ओलीका क्याविनेटमा थरी थरीका मन्त्रीहरु देखिएका छन् । जसमा एउटै जिल्लाका तीन जनाले मन्त्री बन्ने अवसर पाएका छन् । तिनै जना प्रत्यक्षतर्फ निर्वाचित ।

बिज्ञापन

पर्साको प्रतिनिधिसभाको निर्वाचन क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ निर्वाचित सांसद प्रदीप यादव खानेपानीमन्त्री नियुक्त भएका छन् । यस्तै पर्सा क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका सांसद अजयकुमार चौरसिया कानून, न्याय तथा संसदीय मामिलामन्त्रीमा नियुक्त भएका छन् ।

बिज्ञापन

प्रतिनिधिसभाको निर्वाचन क्षेत्र नं ३ बाट प्रत्यक्षतर्फ निर्वाचित राजकुमार गुप्ता सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेको छन् । सांसद यादव जनता समाजवादी पार्टीको तर्फबाट, सांसद चौरसिया नेपाली कांग्रेस र सांसद गुप्ता नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तर्फबाट प्रतिनिधित्व गर्नेछन् ।

यता ओली नेतृत्वको सरकारमा यो पटक सुदूरपश्चिमबाट ४ जना मन्त्री भएका छन् । गृह, परराष्ट्र, उद्योग र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सुदूरपश्चिम प्रदेशका जिल्लाबाट निर्वाचित सांसदहरुले पाएका छन् ।अहिलेको क्याबिनेटमा रमेश लेखक, आरजु देउवा, दामोदर भण्डारी र बद्रीप्रसाद पाण्डे मन्त्री भएका छन् । जसमा दामोदर भण्डारीबाहेक रमेश, आरजु र बद्री कांग्रेसका सांसद हुन् ।

बिज्ञापन

यता अर्काे रमाइलो संयोग झापा जिल्लाबाटै दुई मन्त्री पाएको छ । केपी शर्मा यस्तै झापाको २ नम्बर निर्वाचन क्षेत्रबाट निर्वाचित देवराज घिमिरे प्रतिनिधिसभाका सभामुख छन् ।ओली झापाको ५ नम्बर निर्वाचन क्षेत्रबाट निर्वाचित भएका हुन् ।यस्तै झापाकै देवेन्द्र दाहाल भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन् ।सोही जिल्लाबाट प्रतिनिधित्व गर्ने सभामुख र उपसभामुखको जिम्मेवारीमा छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

‘नियुक्ति सच्याउन हिजै दिएको थिएँ निवेदन’

सब–इन्जिनियर हत्याका मुख्य योजनाकार : लोकसेवाको वैकल्पिक उमेद्धार

सरुवाको भोलिपल्टै सहसचिवले दिए सेवाबाटै राजीनामा

जब पूर्व सचिवको नातेदारलाई एक तह बढुवा गरी निर्वाचनमा खटाइयो

अध्यागमनको आग्रह : विदेश भ्रमणअघि स्व–घोषणा फाराम अनिवार्य रूपमा भरेर मात्र आउनू

निर्वाचनमा २ लाख २१ हजार कर्मचारीलाई खटाइँदै

होलीमा भेला हुन र चुनावी प्रचार गर्न प्रतिबन्ध

सरकारी कारोबारमा हुने ‘एकाउन्ट पेयी’ चेकको प्रयोगमा नयाँ व्यवस्था

बिशेष