सरकार गठनको अन्तिम तयारीमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेले मन्त्रालय भागबण्डाको टुङ्गो लगाएका छन् । दुई दलका शीर्ष नेताहरूबीच भएको समझदारी अनुसार कांग्रेसले ९ र एमालेले ८ वटा मन्त्रालयको नेतृत्व गर्ने सहमति भएको छ ।
बिज्ञापन
एमालेले अर्थसहित आठ मन्त्रालय लिने भएको छ । जसमध्ये रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय लिनेछ ।
बिज्ञापन
नेपाली कांग्रेसले गृह, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्तालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, कृषि मन्त्रालय, वन मन्त्रालय लिनेछ । मन्त्रालय भागबण्डा टुंगिएको तर व्यक्तिहरु टुंगिनसकेको दुबै दलका नेताहरुले बताएका छन् । सोमबार बिहानसम्म मन्त्रीहरुको पनि नाम टुंगो लगाउने दुई दलको तयारी छ ।