अन्तत: माओवादी पार्टी प्रतिपक्षको बेञ्चमा पुगेको छ । संघीयता,धर्मनिरपेक्षता,गणतन्त्र,,समावेशिता माओवादीकै जनयुद्धका जगमा स्थापित भएका कुरा हुन । यो तथ्य कसैले नकार्न सक्दैन । तर,पछिल्ला १८ बर्षमा नेपालका १४ वटा सरकार परिवर्तन भए । यीमध्ये ४ वटा सरकारको नेतृत्व माओवादी आफैंले गर्यो । ११ वटा सरकारमा उ आफैं सामेल भएको देखिन्छ । माधव नेपाल प्रधानमन्त्री हुँदा,सुशील कोइराला नेतृत्वमा सरकार रहँदा माओवादी सत्ताभन्दा बाहिर रहेको माओवादीलाई समयक्रमले तेश्रो पटक प्रतिपक्षमा पुर्याएको छ । ६३ सालमा शान्तिप्रक्रियामा आए यताको १८ बर्षमा माओवादी पार्टी सदैव सत्ताकै वरपर घुमिरह्यो । बितेको १८ वर्षमा दुई वटा (माधव नेपाल र सुशील कोइराला) बाहेक सबै सरकारमा सहभागी भएको माओवादी अहिले प्रतिपक्षमा आइपुगेको हो । अर्थात शान्तिप्रक्रियामा आए यताको १८ बर्षमा १४ वर्ष नौ महिना सता सुख भोग गर्यो भने तीनवर्ष दुई महिना प्रतिपक्षी कुुर्सीमा ।
बिज्ञापन
काँगेससँग चुनावी तालमेल र गठबन्धन गरेर ३२ सिट जितेर आएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड १० पुस २०७९ मा एमालेसँग मिलेर प्रधानमन्त्री बने । झण्डै शतप्रतिशत मत पाएको १९ महिनामा प्रचण्ड विश्वासको मत गुमाएर उनी असार २८ गते प्रधानमन्त्रीबाट बिदा भएर बालुवाटारबाट खुमलटार फर्किएका छन् । पहिलोपटक २७५ मध्ये २६८ मत पाएका दाहालले शुक्रबार पाँचौंपटक जम्मा ६३ मतमा पाएसँगै प्रतिपक्षी दलका नेता भएका छन्।
बिज्ञापन
माओवादी पार्टी शान्तिप्रक्रियामा आए यताका १४ वटा सरकार बने तर तीमध्ये चारवटा सरकारको नेतृत्व आफैंले गरेको छ भने ११ वटा सरकारमा सहभागी भएको छ । एक पटक वावुराम भट्टराई र तीन तीन पटक प्रचण्ड प्रधानमन्त्री भए । ०६४ मा भएको निर्वाचनमा पहिलो शक्ति बनेपछि एमाले र तत्कालीन मधेसी जनअधिकार फोरमको समर्थनमा ०६५ मा प्रचण्ड प्रधानमन्त्री बन्न सफल भए । प्रधानमन्त्री,पशुपति काण्डमा परेर प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिए ।
त्यस पछि पनि माधव नेपालको सरकारमा माओवादी सहभागी भएन । झलनाथ खनाल नेतृत्वको सरकारमा माओवादी सरकारमा सामेल भयो । ०६८ मा माओवादीकै बाबुराम भट्टराई प्रधानमन्त्री बने । ०६९ मा संविधानसभा विघटनपछि तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वको सरकार बन्यो । यस्तै ०७० सालमा बनेको सुशील कोइराला नेतृत्वको सरकारमा माओवादी गएन । ७२ सालमा ओली प्रधानमन्त्री हुँदा माओवादी सत्तासाझेदार दल बन्यो ।
बिज्ञापन
फेरि सत्ताको चाबी प्रचण्डकै हातमा आइपुग्यो । यस बीच शेरबहादुर देउवा प्रधानमन्त्री भए । उक्त सरकारमा माओवादी सामेल रह्यो । ०७८ वैशाख ३१ मा ओली तेस्रो पटक प्रधानमन्त्री बने । बर्ष दिन पछि सर्वोच्चको परमादेशबाट उनी बालुवाटारबाट बालकोट फर्किए । सर्वोच्चले देउवालाई प्रधानमन्त्री बनाउँदा उक्त सरकारमा माओवादी सामेल भयो । बीचमा देउवालाई धोखा दिएर प्रचण्डले एमालेसँग मिलेर सरकार बनाए । अहिले त्यही रिस फेर्ने ठाउँमा पुगेका छन् देउवा ।
प्रचण्डको अस्थिर चरित्रबाट कांग्रेस र एमाले एक ठाउँमा उभिएपछि तेस्रो दल माओवादी केन्द्र ९ वर्षपछि प्रतिपक्षमा धकेलिन लागेको छ । १० पुस २०७९ मा एमालेसँग मिलेर प्रधानमन्त्री बनेका प्रचण्ड ९ बर्षपछि पहिलो पटक प्रतिपक्षको कुर्सीमा पुग्न लागेको छ ।