निरन्तर सत्तामै रमाइरहेको माओवादी ९ बर्षपछि प्रतिपक्षमा

संघीयता,धर्मनिरपेक्षता,गणतन्त्र,,समावेशिता माओवादीकै जनयुद्धका जगमा स्थापित भएका कुरा हुन । यो तथ्य कसैले नकार्न सक्दैन । तर,पछिल्ला १८ बर्षमा नेपालका १४ वटा सरकार परिवर्तन भए । यीमध्ये ४ वटा सरकारको नेतृत्व माओवादी आफैंले गर्यो । ११ वटा सरकारमा उ आफैं सामेल भएको देखिन्छ । माधव नेपाल प्रधानमन्त्री हुँदा,सुशील कोइराला र एक पटक केपी शर्मा ओलीको नेतृत्वमा सरकार रहँदा माओवादी सत्ताभन्दा बाहिर रह्यो र अहिले समयक्रमले माओवादी फेरि सत्ताबाट सडकमा पुगेको छ । ६३ सालमा शान्तिप्रक्रियामा आए यताको १८ बर्षमा माओवादी पार्टी सदैव सत्ताकै वरपर घुमिरह्यो । बितेको १८ वर्षमा दुई वटा (माधव नेपाल र सुशील कोइराला) बाहेक सबै सरकारमा सहभागी भएको माओवादी अहिले प्रतिपक्षमा आइपुगेको हो ।

बिज्ञापन

काँगेससँग चुनावी तालमेल र गठबन्धन गरेर ३२ सिट जितेर आएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड १० पुस २०७९ मा एमालेसँग मिलेर प्रधानमन्त्री बने । झण्डै शतप्रतिशत मत पाएको १९ महिनामा प्रचण्ड विश्वासको मत गुमाएर उनी असार २८ गते प्रधानमन्त्रीबाट बिदा हुने तरखरमा छन् । त्यसका लागि विश्वासको मत लिँदैछन् । उनका पक्षमा माओवादी,रास्वपा र नेकपा एसका सांसदहरु देखिएका छन् ।

बिज्ञापन

माओवादी पार्टी शान्तिप्रक्रियामा आए यताका १४ वटा सरकार बने तर तीमध्ये चारवटा सरकारको नेतृत्व आफैंले गरेको छ भने ११ वटा सरकारमा सहभागी भएको छ । एक पटक वावुराम भट्टराई र तीन तीन पटक प्रचण्ड प्रधानमन्त्री भए । ०६४ मा भएको निर्वाचनमा पहिलो शक्ति बनेपछि एमाले र तत्कालीन मधेसी जनअधिकार फोरमको समर्थनमा ०६५ मा प्रचण्ड प्रधानमन्त्री बन्न सफल भए । प्रधानमन्त्री,पशुपति काण्डमा परेर प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिए ।

त्यस पछि पनि माधव नेपालको सरकारमा माओवादी सहभागी भएन । झलनाथ खनाल नेतृत्वको सरकारमा माओवादी सरकारमा सामेल भयो । ०६८ मा माओवादीकै बाबुराम भट्टराई प्रधानमन्त्री बने । ०६९ मा संविधानसभा विघटनपछि तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वको सरकार बन्यो । यस्तै ०७० सालमा बनेको सुशील कोइराला नेतृत्वको सरकारमा माओवादी गएन । ७२ सालमा ओली प्रधानमन्त्री हुँदा माओवादी सत्तासाझेदार दल बन्यो ।

बिज्ञापन

फेरि सत्ताको चाबी प्रचण्डकै हातमा आइपुग्यो । यस बीच शेरबहादुर देउवा प्रधानमन्त्री भए । उक्त सरकारमा माओवादी सामेल रह्यो । ०७८ वैशाख ३१ मा ओली तेस्रो पटक प्रधानमन्त्री बने । बर्ष दिन पछि सर्वाेच्चको परमादेशबाट उनी बालुवाटारबाट बालकोट फर्किए । सर्वाेच्चले देउवालाई प्रधानमन्त्री बनाउँदा उक्त सरकारमा माओवादी सामेल भयो । बीचमा देउवालाई धोखा दिएर प्रचण्डले एमालेसँग मिलेर सरकार बनाए । अहिले त्यही रिस फेर्ने ठाउँमा पुगेका छन् देउवा ।

प्रचण्डको अस्थिर चरित्रबाट कांग्रेस र एमाले एक ठाउँमा उभिएपछि तेस्रो दल माओवादी केन्द्र ९ वर्षपछि प्रतिपक्षमा धकेलिन लागेको छ । १० पुस २०७९ मा एमालेसँग मिलेर प्रधानमन्त्री बनेका प्रचण्ड ९ बर्षपछि पहिलो पटक प्रतिपक्षको कुर्सीमा पुग्न लागेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अर्थ सचिवको प्रस्ताव :’मुख्य सचिव र सचिवको पदावधि घटाऔं,अतिरिक्त सचिव नराखौं’

अर्घाखाँचीका ट्रेड युनियनकर्मीद्धारा प्रमुख जिल्ला अधिकारीमार्फत सभामुखलाई १२ बुँदे ज्ञापन पत्र

बैंकका अध्यक्षलाई अख्तियारको सात दिने पूर्जी

राज्य व्यवस्था समितिको बैठकमा निजामती कर्मचारीका बारेमा छलफल हुदैँ

कस्तो हुनुपर्छ संघीय  निजामती सेवा ऐन  ?

सुनुवाई भएन राजपत्र अनंकित कर्मचारीका माग,सशक्त आन्दोलनको तयारीमा

प्रहरीकै परीक्षामा ‘खेताला’ उमेद्धारको विगविगी : एकै पटक सात पक्राउ

७ प्रतिशतले घट्यो शेयर कारोवार

बिशेष