मेयर,उपमेयर,प्रमुख प्रशासकीयसहित ११ विरुद्ध भ्रष्टाचार मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाका मेयर,उपमेयर,प्रमुख प्रशासकीयसहित ११ विरुद्ध भ्रष्टाचार मुद्धा चलाएको छ । गोदावरी नगरपालिकामाझैं बहालवाला मेयर,उपमेयर,प्रमुख प्रशासकीयविरुद्ध भ्रष्टाचार मुद्धा चलाएसँगै पालिका रिक्त भएको छ ।

बिज्ञापन

अख्तियारले रौतहटको कटहरिया नगरपालिकाका मेयर,उपमेयर,प्रमुख प्रशासकीयसहित ११ विरुद्ध भ्रष्टाचार मुद्धा चलाएको छ । मेयर अजय प्रकाश र उपप्रमुख रिता देवी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, इन्जिनियर राजेशकुमार साह, योजना शाखा प्रमुख रामनरेशप्रसाद यादव, कार्यपालिका सदस्य समिशविक्रम शाह, कार्यपालिका सदस्य मनोजप्रसाद जैसवाल, इन्जिनियर मो. मकसुद आलम, बौद्धिमाई उपभोक्ता समितिका अध्यक्ष सरोजकुमार साह, कोषाध्यक्ष बबिलाकुमारी चौधरी र सचिव योगेन्द्र साहलाई प्रतिवादी बनाएर अख्तियारले मुद्धा दायर गरेको हो ।

बिज्ञापन

कटहरिया नगरपालिका–२ स्थित जमुनिया बजारमा रहेको अधुरो सामुदायिक भवनमा आर्थिक वर्ष २०७८ ०७९ मा टायल्सको कामका लागि रकम विनियोजन भएको थियो । स्वीकृत लागत अनुमान बमोजिम कार्य नगरी कमसल कार्य गरी अनियमितता गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धान हुँदा उनीहरूले भएको कामभन्दा १२ लाख ५२ हजार ९४१ रुपैयाँ बढी भुक्तानी गरेको पाइएको अख्तियारले जनाएको छ । हित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।उनीहरूले १२ लाख ५२ हजार ९४१ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

बिज्ञापन

अख्तियारले यस अघि गोदावरी नगपालिकाका मेयर,उपमेयर,प्रमुख प्रशासकीयलाई भ्रष्टाचार मुद्धामा डाम्दा ती सबै निलम्बित छन् । यस्तै यस्तै सर्लाहीको बागमती नगरपालिकामा समेत मेयर,उपमेयरविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्धा चलाइसकेको छ ।हालसम्म चार वटा पालिकाका मेयर,उमपेयरलाई नै भ्रष्टाचार मुद्धा चलेर पालिका रिक्त हुन पुगेको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नर्स र डाक्टरलाई सरकारी सरह पारिश्रमिकता दिन मन्त्रालयको निर्देशन

सर्वोच्च अदालतमा मंगलबारदेखि रिट दर्ता खुल्ने

महरालाई भोली अदालतमा बुझाउने तयारी

सरकारी करारका कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनुपर्छ

निमित्त प्रशासकीय अधिकृत,लेखापालसहित तीन विरुद्ध भ्रष्टाचार मुद्धा दायर

अदालत पुग्नुपर्ने करोडौं राजश्व छलीको फाइल किन पठाइयो लाजिम्पाट ?

मेयर नेपालीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा,डेढ अर्ब विगो

ग्लोबल आइएमई बैंकद्वारा ८ प्रतिशत नगद लाभांश घोषणा

बिशेष