अल्पमतमा परे पनि प्रधानमन्त्रीले दिएनन् राजीनामा,एमालेले फिर्ता लियो सरकारको समर्थन

नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छ ।

बिज्ञापन

काँग्रेससँग नयाँ गठबन्धन गरेर सत्तामा जाने समझदारी गरेको एमालेले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । एमालेबाट सरकारमा सहभागी ८ जना मन्त्रीहरूले पनि बुधबार साँझ नै प्रधानमन्त्रीलाई राजीनामा बुझाउने तयारी गरेका छन् ।

बिज्ञापन

नेपाली कांग्रेसको समर्थनमा केपी शर्मा ओली नयाँ प्रधानमन्त्री बन्ने सहमति भएपछि मंगलबार बसेको एमाले सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा गर्न सुझाव दिएको थियो ।

समर्थन फिर्ता लिनु अघि एमालेले नैतिकताका आधारमा प्रचण्डले राजीनामा दिने अपेक्षा गरेको थियो । प्रचण्ड सरकार अल्पमतमा परेसँगै उनले नैतिकताका आधारमा राजीनामा नदिएपछि एमालेले   प्रचण्डलाई दिएको समर्थन फिर्ता गरेको हो । समर्थन फिर्ताको आधिकारीक पत्र केही समयमा प्रधानमन्त्रीलाई बुझाउने तयारी भइरहको एमालेले जनाएको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष