मध्यरातमा ढल्यो प्रचण्डको सरकार,अब ओली- देउवा पालैपालो प्रधानमन्त्री

नयाँ सरकार गठन गर्नेबारे दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच सहमति भएको छ । सोमबार मध्यरातमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच सहमति पत्रमा हस्ताक्षर भएको हो । सोमबार चपलीहाइटस्थित एक व्यवसायीको घरमा दुई दलबीच सत्ता सहकार्य गर्ने सहमति भएको हो । चपली हाइटस्थित व्यवसायी रामेश्वर थापाको निवासमा दुई नेताले नयाँ सरकार गठनसम्बन्धी सहमति गरेको एमालेका एक नेताले जनाएका छन् ।

बिज्ञापन

दुई दलबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ । जसमा पहिलो चरणको दुई बर्ष केपी शर्मा ओली र बाँकी अवधि निर्वाचन गराउने गरी शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने सहमति भएको छ । एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिनेछ ।

बिज्ञापन

यस्तै उनीहरुबीच संघीय मन्त्रालयको बाँडफाँडका अलवा प्रदेशको भागबण्डा पनि टुंग्याइएको ती नेताको भनाई छ । एमालेले कोशी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ । मधेस प्रदेश सरकारको नेतृत्व मधेसवादी दललाई नै दिने सहमति बनेको हो ।

 

बिज्ञापन

यस्तै दुई दलबीच संविधान संशोधनका लागि सुझाव दिन एक समिति बनाउने पनि सहमति भएको छ । संविधानका कुन–कुन धारामा संशोधन गर्ने भन्ने निर्क्यौल र सुझाव दिनका लागि सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय समिति भएको छ ।

उनीहरु संविधान संशोधन गरेर निर्वाचन प्रणाली सुधार, प्रतिनिधिसभा तथा प्रदेशसभा संख्या घटाउने, स्थानीय तहको संख्या घटाउने विषयमा पनि सहमत भएका हुन ।

त्यसअघि एमाले महासचिव शंकर पोखरेल र कांग्रेसका संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले विनोद चौधरीको लगानी रहेको ललितपुरको भिभान्ता होटलमा बसेर सहमतिको खाका तयार पारेका थिए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

७ प्रतिशतले घट्यो शेयर कारोवार

९ बाणिज्य बैंकको नाफा घट्यो

पत्रकारलाई ‘दलाल’को बात,गृहमन्त्रीका ‘पूर्व पिए’ सिडिओलाई आपत

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

बोस्टनमा गुन्जिदै नेपथ्य ब्याण्ड

तीन दिनभित्रैमा पारित गर्ने भनिएको निजामती विद्येयकमा अझैं छन् दर्जन असहमति

सिंहदरबारमा ‘चन्दने’को आतंक,भूमि र सामान्यका कर्मचारी सरुवामा हावी

मुख्य सचिवको अभिव्यक्तिले कर्मचारी ‘आगो’,आन्दोलनका कार्यक्रम घोषणा

बिशेष