चपली हाइटमा मध्यराती ओली र देउवाबीच पालैपालो प्रधानमन्त्री बन्ने सहमति

नयाँ सरकार गठन गर्नेबारे दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच सहमति भएको छ । सोमबार मध्यरातमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच सहमति पत्रमा हस्ताक्षर भएको हो । सोमबार चपलीहाइटस्थित एक व्यवसायीको घरमा दुई दलबीच सत्ता सहकार्य गर्ने सहमति भएको हो । चपली हाइटस्थित व्यवसायी रामेश्वर थापाको निवासमा दुई नेताले नयाँ सरकार गठनसम्बन्धी सहमति गरेको एमालेका एक नेताले जनाएका छन् ।

बिज्ञापन

दुई दलबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ । जसमा पहिलो चरणको दुई बर्ष केपी शर्मा ओली र बाँकी अवधि निर्वाचन गराउने गरी शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने सहमति भएको छ । एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिनेछ ।

बिज्ञापन

यस्तै उनीहरुबीच संघीय मन्त्रालयको बाँडफाँडका अलवा प्रदेशको भागबण्डा पनि टुंग्याइएको ती नेताको भनाई छ । एमालेले कोशी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ । मधेस प्रदेश सरकारको नेतृत्व मधेसवादी दललाई नै दिने सहमति बनेको हो ।

 

बिज्ञापन

यस्तै दुई दलबीच संविधान संशोधनका लागि सुझाव दिन एक समिति बनाउने पनि सहमति भएको छ । संविधानका कुन–कुन धारामा संशोधन गर्ने भन्ने निर्क्यौल र सुझाव दिनका लागि सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय समिति भएको छ ।

उनीहरु संविधान संशोधन गरेर निर्वाचन प्रणाली सुधार, प्रतिनिधिसभा तथा प्रदेशसभा संख्या घटाउने, स्थानीय तहको संख्या घटाउने विषयमा पनि सहमत भएका हुन ।

त्यसअघि एमाले महासचिव शंकर पोखरेल र कांग्रेसका संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले विनोद चौधरीको लगानी रहेको ललितपुरको भिभान्ता होटलमा बसेर सहमतिको खाका तयार पारेका थिए ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निर्वाचनमा रात्रिकालीन व्यवसाय सञ्चालनमा रोक

सरकारी तलब खाएर दलको मञ्चमा अध्यक्षता : प्रकाश रैला आचारसंहिताको कठघरामा

‘नियुक्ति सच्याउन हिजै दिएको थिएँ निवेदन’

सब–इन्जिनियर हत्याका मुख्य योजनाकार : लोकसेवाको वैकल्पिक उमेद्धार

सरुवाको भोलिपल्टै सहसचिवले दिए सेवाबाटै राजीनामा

जब पूर्व सचिवको नातेदारलाई एक तह बढुवा गरी निर्वाचनमा खटाइयो

अध्यागमनको आग्रह : विदेश भ्रमणअघि स्व–घोषणा फाराम अनिवार्य रूपमा भरेर मात्र आउनू

निर्वाचनमा २ लाख २१ हजार कर्मचारीलाई खटाइँदै

बिशेष