सिंहदरबारमा संसदका,कोशीमा लेखाका कर्मचारी आन्दोलित

प्रोत्साहन भत्ता खोज्दै सिंहदरबारमा संघीय संसद सेवाका कर्मचारीहरु आन्दोलित छन् । गत सातादेखि आन्दोलनमा उत्रिएका उनीहरुको माग सुनुवाई भएको छैनन् । विभिन्न ११ बुँदे माग राखेर हातमा कालोपट्टी बाध्दै आन्दोलनमा उत्रिरहेका छन्,संघीय संसद सेवाका कर्मचारीहरु ।

बिज्ञापन

उता,कोशी प्रदेशका लेखा अधिकृत काम छाडेर आन्दोलनमा उत्रिएका छन् । प्रदेश निजामती ऐनले लेखा अधिकृतलाई विभेद गरेको गुनासो गर्दै प्रदेश तहका लेखा अधिकृतहरुले काम छाडेर आन्दोलन सुरु गरेका हुन् ।

बिज्ञापन

आर्थिक बर्षको अन्त्यको समय,धमाधम चेक काट्नुपर्ने समय तर लेखाका कर्मचारीहरुपेन डाउनको तयारीमा छन् । कोशी प्रदेश लोकसेवा आयोगले गत चैत्र अन्तिम साता खोलेको विज्ञापनप्रति कर्मचारीहरुले आपत्ति जनाउँदै आएका छन् । लोकसेवा आयोगले नवौं तहको लागि विज्ञापन खोलेको थियो गत चैत २६ मा । उक्त विज्ञापन प्रदेश निजामती ऐन विपरीत भएको भन्दै आठौं तहका लेखा अधिकृतहरू रुष्ट बनेका हुन,सोही समयदेखि ।
यो विज्ञापनले बढुवा तथा वृत्ति विकासमा असर परेको उनीहरुको भनाई छ । आयोगले नवौं तहको कुल १६ पदमा २२ जना कर्मचारी माग गर्दै विज्ञापन खोलेको थियो । लोकसेवाले खोलेको उक्त विज्ञापन प्रदेश निजामती सेवातर्फ नवौं तहका विभिन्न सेवा, समूह र उप–समूहको प्राविधिक तथा अप्राविधिक पदका लागि थियो ।

आठौँ तहका लेखा अधिकृतहरूले सो विज्ञापन रद्द गर्न माग राख्दै आएका छन् । लोक सेवाले विज्ञापन आह्वान गर्नुभन्दा अगाडि सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण ९ओएनएम० गर्नुपर्ने उनीहरूको माग छ । ओएन्डएम नै नगरी विज्ञापन खोलेको भन्दै आठौं तहका कर्मचारीको वृत्ति विकासमा अवरोध पुगेको भन्दै विरोधमा उत्रिएका हुन । प्रदेश निजामती सेवा ऐनको दफा ८ मा कार्यसम्पादन मूल्यांकनद्वारा हुने बढुवाको लागि अधिकृत आठौँ तहसम्मको पदमा सम्बन्धित सेवा, समूह वा उप–समूहको एक तहमुनिको पदको कर्मचारी तथा नवौं र दशौं तहको पदमा न्युनतम सेवा अवधि र न्यूनतम योग्यता पूरा भएका सम्बन्धित सेवाको कर्मचारीहरू सम्भाव्य उम्मेदवार हुने व्यवस्था छ ।

बिज्ञापन

कोशीका लेखा अधिकृतहरूले आयोगको विभेदपूर्ण विज्ञापन रद्ध गर्न भन्दै गत चैत ३० गते मुख्यमन्त्री कार्यालयका प्रमुख सचिवलाई पत्र पठाएका थिए । तर सुनुवाई नभएको उनीहरुको गुनासो छ । यो विज्ञापनले उनीहरुभन्दा पछाडि आएकाहरुको बढुवा हुने तर आफूहरुको वृत्ति विकासको बाटो बन्द भएको भन्दै कोशीका लेखा अधिकृतहरुले हातमा कालोपट्टी बाँधेर विरोधमा उत्रने तयारी गरिरहेको बताएका छन् ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

६ सहसचिवको सरुवा हुँदा दुई तानिए बरण्डामा

समितिबाट पारित भएको निजामती विद्येयक २ सातासम्म गुपुचुप,मंगलबार प्रतिनिधि सभामा पेश गर्ने तयारी

राप्रपा नेपालका अध्यक्ष थापा पक्राउ

बीमा वोर्डले माग्यो १८० मेडिकल अधिकृत

सरकारले चलाएका ४५ सार्वजनिक संस्थान : २८ नाफामा,१४ घाटामा

२ अर्ब ५० करोड हिनामिनामा मुछिएका बैंकका अध्यक्ष पक्राउ

देउवा निवासमा कर्मचारी युनियनको घेराउ, निजामती विधेयकमा ६ बुँदे सुधारको माग

२१ शाखा अधिकृतको सरुवा {सूचीसहित}

बिशेष