सत्तारुढ गठबन्धनमा राजदूतको भागबण्डाबारे मोटामोटी सहमति जुटेको छ । प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति रवि लामिछानेबीच भएको बैठकमा राजदूत भागबण्डा टुंग्याएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेबीचको भएकाे छलफलले ११ देशको राजदूतमा भागवण्डा गरेकाे हाे ।
बिज्ञापन
जसअनुसार सबैभन्दा धेरै एमालेले बढीमा ८ देशको राजदूत पाउने भएको छ । यस्तै रास्वपाले २ तथा माओवादीले एक देशको राजदूत पाउने गरी सहमति जुटेको छ । तर एकीकृत समाजवादीले समेत राजदूतमा दाबि गरेकाले यसमा केही घटबढ हुन सक्ने बताइएको छ ।
जसअनुसार एमालेले ८, रास्वपाले २ र नेकपा माओवादी केन्द्रले १ देशको राजदूत पाउने छन् । जेठ २४ मा बसेको मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका, बेलायत, कतार, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।रास्वपाले भारत र अमेरिकामध्ये एक राजदूत आफूलाई दिन माग गरेकाे छ
बिज्ञापन
फिर्ता बोलाइएकाहरु अधिकाशं कांग्रेस निकटका थिए ।