मन्त्रिपरिषद् पुर्नगठनको तयारी, अर्थमन्त्री ‘सेफ जोन’मा,रेड जोनमा को-को ?

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् हेफेरको तयारी थालेका छन् । ७ गते बजेट पारित गर्ने, असार ८ मा मन्त्रिपरिषद विस्तार गर्ने र ९ असारमा राजदूत नियुक्त गर्ने गरी राजनीतिक तयारी चलिरहेको नेताहरुले जनाएका छन् ।सरकारलाई विश्वासका मत दिने जनमत र नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सामेल गराउँदा केही मन्त्रीहरु हटाउन लागेका हुन । मन्त्रीपरिषद् पुर्नगठन गरिँदा माओवादीका पूराना मन्त्रीहरु पनि हटाउने तयारी चलिरहेको छ ।

बिज्ञापन

रञ्जिता श्रेष्ठ र सिके राउतका पार्टीबाट सरकारमा सामेल गराउन खोज्दा माओवादी र एमालेका मन्त्रीहरु फिर्ता बोलाएर सरकार पुर्नगठन गर्ने तयारी चल्दैछ । जसमा सिके राउतलाई परराष्ट्र मन्त्रालय दिने गरी छलफल चलेको छ । सिके राउत नेतृत्वको जनमत पार्टी र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीलाई तत्कालै सरकारमा सहभागी गराउनेगरि छलफल भइरहेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालिरहेको बेलामा केपी शर्मा ओलीले जनमत अध्यक्ष राउतलाई परराष्ट्र मन्त्रालय लिएर सरकारमा सामेल हुन प्रस्ताव नै पठाएका थिए ।गृहमन्त्रीमार्फत उपप्रधानमन्त्री तथा परारष्ट्रमन्त्रीसहित सरकारमा सामेल हुन प्रस्ताव राखिएको छ ।

बिज्ञापन

रञ्जिताले राष्ट्रपति फर्किए लगतै आफू सरकारमा सामेल हुने अभिव्यक्ति नै दिएकी छिन् । यता नारायणकाजी श्रेष्ठलाई परराष्ट्रबाट हटाउने तयारी चल्दैछ । पर्यटन मन्त्रालय नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई दिने प्रधानमन्त्री प्रचण्डले बचन दिइसकेकाले तामाङ हटाउने सम्भावना धेरै छ ।

अहिले माओवादीबाट उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री वर्षमान पुन, ऊर्जामन्त्री शक्ति बस्नेत, सञ्चारमन्त्री रेखा शर्मा र पर्यटनमन्त्री हितबहादुर तामाङ छन् । अर्थमन्त्री पुन र पर्यटनमन्त्री तामाङबाहेक सबै पुराना हुन् ।

बिज्ञापन

माओवादीका नेतारुले भने अर्थमन्त्रीबाहेक माओवादीका सबै मन्त्री फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन हुन सक्ने जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पत्रकारलाई ‘दलाल’को बात,गृहमन्त्रीका ‘पूर्व पिए’ सिडिओलाई आपत

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

बोस्टनमा गुन्जिदै नेपथ्य ब्याण्ड

तीन दिनभित्रैमा पारित गर्ने भनिएको निजामती विद्येयकमा अझैं छन् दर्जन असहमति

सिंहदरबारमा ‘चन्दने’को आतंक,भूमि र सामान्यका कर्मचारी सरुवामा हावी

मुख्य सचिवको अभिव्यक्तिले कर्मचारी ‘आगो’,आन्दोलनका कार्यक्रम घोषणा

सिंहदरबारको ‘कुरुप चित्र’ :- शासक- प्रशासकको असली चरित्र !

चालु आर्थिक बर्षको ९ महिनामा कुन बैंकले कति कमाए नाफा ?

बिशेष