विज्ञापन खुल्यो चैत्रमा,अधिकृतहरुको आन्दोलन असारमा

आर्थिक बर्षको अन्त्य,धमाधम चेक काट्नुपर्ने समय तर लेखाका कर्मचारीहरु भने आन्दोलनमा उत्रिएका छन् । कोशी प्रदेश लोकसेवा आयोगले गत चैत्र अन्तिम साता खोलेको विज्ञापनप्रति कर्मचारीहरुले आपत्ति जनाउँदै आएका छन् । लोकसेवा आयोगले नवौं तहको लागि विज्ञापन खोलेको थियो गत चैत २६ मा । उक्त विज्ञापन प्रदेश निजामती ऐन विपरीत भएको भन्दै आठौं तहका लेखा अधिकृतहरू रुष्ट बनेका हुन,सोही समयदेखि ।
यो विज्ञापनले बढुवा तथा वृत्ति विकासमा असर परेको उनीहरुको भनाई छ । आयोगले नवौं तहको कुल १६ पदमा २२ जना कर्मचारी माग गर्दै विज्ञापन खोलेको थियो । लोकसेवाले खोलेको उक्त विज्ञापन प्रदेश निजामती सेवातर्फ नवौं तहका विभिन्न सेवा, समूह र उप–समूहको प्राविधिक तथा अप्राविधिक पदका लागि थियो ।

बिज्ञापन

आठौँ तहका लेखा अधिकृतहरूले सो विज्ञापन रद्द गर्न माग राख्दै आएका छन् । लोक सेवाले विज्ञापन आह्वान गर्नुभन्दा अगाडि सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्नुपर्ने उनीहरूको माग छ । ओएन्डएम नै नगरी विज्ञापन खोलेको भन्दै आठौं तहका कर्मचारीको वृत्ति विकासमा अवरोध पुगेको भन्दै विरोधमा उत्रिएका हुन । प्रदेश निजामती सेवा ऐनको दफा ८ मा कार्यसम्पादन मूल्यांकनद्वारा हुने बढुवाको लागि अधिकृत आठौँ तहसम्मको पदमा सम्बन्धित सेवा, समूह वा उप–समूहको एक तहमुनिको पदको कर्मचारी तथा नवौं र दशौं तहको पदमा न्युनतम सेवा अवधि र न्यूनतम योग्यता पूरा भएका सम्बन्धित सेवाको कर्मचारीहरू सम्भाव्य उम्मेदवार हुने व्यवस्था छ ।

बिज्ञापन

कोशीका लेखा अधिकृतहरूले आयोगको विभेदपूर्ण विज्ञापन रद्ध गर्न भन्दै गत चैत ३० गते मुख्यमन्त्री कार्यालयका प्रमुख सचिवलाई पत्र पठाएका थिए । तर सुनुवाई नभएको उनीहरुको गुनासो छ । यो विज्ञापनले उनीहरुभन्दा पछाडि आएकाहरुको बढुवा हुने तर आफूहरुको वृत्ति विकासको बाटो बन्द भएको भन्दै कोशीका लेखा अधिकृतहरुले हातमा कालोपट्टी बाँधेर विरोधमा उत्रने तयारी गरिरहेको बताएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष