नीति कार्यक्रममा सियारी गाँउपालिका :- कृषि र पर्यटनलाई प्राथमिकता

ऋषि भट्टराई
रुपन्देहीको सियारी गाउँपालिकाले कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । बुधबार सियारी गाउँपालिकाको पन्धौं गाउँसभामा गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले नीति तथा कार्यक्रम पेश गरेका हुन् । १५६ बुँदामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा आर्थिक, सामाजिक रूपान्तरणका माध्यमबाट विद्यमान गरीबी, असमानता तथा बेरोजगारीको अन्त्य गर्दै ‘कृषि, पर्यटन र दिगो पूर्वाधारयुक्त नगरी ? समावेशी, मर्यादित, स्वच्छ र समृद्ध सियारी’ निर्माण गर्ने दीर्घकालिन सोच उल्लेख गरिएको छ । “कृषि, पर्यटन र दिगो पूर्वाधारयुक्त नगरी ? समावेशी, मर्यादित, स्वच्छ र समृद्ध सियारी” निर्माण गर्ने दीर्घकालिन सोचसहित कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण तथा बजारीकरण गर्न अभिप्रेरित गरिने गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले बताएका छन् । अध्यक्ष घिमिरेले सियारीले दुध उत्पादन, माछा तथा मकै खेतिमा शुरु गरिएको उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई निरन्तरता दिँदै थप कृषि तथा पशुजन्य उत्पादनमा कार्यक्रमलाई बिस्तार गरिने बताए ।

बिज्ञापन

उनले आर्थिक बर्ष २०८१/०८२ मा गाउँपालिकालाई खाद्यान्न, दुध, माछामासु, बेसार, खुर्सानी र लसुनमा आत्मनिर्भर हुने गरी कार्यक्रम सञ्चालन गरिने जानकारी दिए । कृषि पर्यटनको गन्तव्य स्थलको रुपमा सियारीलाई विकास गरिने र नदी तथा वनक्षेत्र, धार्मिक क्षेत्र, पार्क निर्माणको माध्यमबाट पर्यटन विकास गरी आयआर्जन र रोजगारीको श्रृजना गरिने अध्यक्ष घिमिरेले जानकारी दिए । त्यस्तै मत्स्य जोनलाई प्रभावकारी परिचालन र छपियाको माछाको ब्यापक प्रचार र सु–व्यवस्थामार्फत मत्स्य पर्यटन प्रवद्र्धन गरिने उनले बताए । गाउँपालिकाभित्र छाडा चौपायको व्यवस्थापन गरी कृषकहरुको खेतीपातीको सुरक्षा गर्न सञ्चालनमा ल्याइएको रामजानकी गौशालालाई प्रभावकारी रुपमा सञ्चालन गर्न आवश्यक श्रोतसाधन व्यवस्थापनका लागि सहजीकरण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निजामती कर्मचारीको पदपूर्ति प्रावधानमा व्यापक परिमार्जन

भट्टलाई गभर्नर बनाउन ओलीमाथि देउवा हावी

कालोसूचीमा थपिए चार निर्माण कम्पनी

भट्टलाई गभर्नर बनाउन ओलीमाथि देउवा हावी,प्रधानमन्त्रीको ‘ग्रिन सिग्नल’

भ्रष्टाचारबाट आर्जित पूर्व मन्त्रीको सम्पत्ति सरकारीकरणको प्रक्रियामा

नेपालको भूराजनीतिक सन्तुलन: चीन र भारत बीचको रणनीतिक स्थिति     

इसेवा असुरक्षित, चार हजार इसेवा अकाउन्ट ह्याक

२५ शाखा अधिकृतको सरुवा,७ को गृहमा इन्ट्री हुँदा अर्थमा भित्रिए १ जना

बिशेष