प्रधानमन्त्री दाहाललाई भारतमा विदेश मन्त्रालयका कर्मचारीले गरे स्वागत

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागि हुन भारत प्रस्थान गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई त्यहँँका कर्मचारीले स्वागत गरेका छन् ।
९ जनाको टोली बोकेर नेपाल वायुसेवाको उडानबाट नयाँ दिल्ली प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्रीहरु रघुवीर महासेठ, नारायणकाजी श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल लगायतले बिदाई गरेको थियो । उता इन्दिरा गान्धी विमानस्थलमा भारतीय विदेश मन्त्रालयका  विशेष सचिव पी कुमारनले स्वागत गरेका छन् ।

बिज्ञापन

 

बिज्ञापन

प्रधानमन्त्रीको टोलीमा कानुनमन्त्री पदम गिरी, प्रधानमन्त्रीकी छोरी तथा निजी सचिव गंगा दाहाल,परराष्ट्र सचिव सेवा लम्साल,शिष्टाचार महापाल विष्णुप्रसाद गौतम,सहसचिव भृगु ढुंगाना,शिष्टाचार अधिकृत प्रवीण भट्टराईका अलवा प्रमुख सेनानी निरज भण्डारी र प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपाने पनि छन् ।

मोदीले तेस्रो कार्यकालको सुरुवात गर्दै गर्दा नेपालसहितका छिमेकी देशमा राष्ट्र प्रमुख र सरकार प्रमुखलाई निमन्त्रणा गरेका छन्। प्रधानमन्त्री प्रचण्ड सोमबार स्वदेश फर्किने छन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सात दिनभित्र समाजिक सञ्जाल सूचीकरण नभए नेपालमा निष्क्रिय

भौतिक मन्त्रालयमा कर्मचारी घोटाला: कसैलाई बेरोजगार, कसैलाई दुई–दुई जागिर !

लेखाका ३० उपसचिव र अधिकृतहरुको सरुवा

५० जना लेखापाल सरुवा, दबाबपछि मात्र सूची सार्वजनिक

प्रतिनिधिसभाले हटाएको सहसचिवमा खुला प्रतिस्पर्धा राष्ट्रिय सभाको समितिले उल्टायो

उच्च प्रशासकहरुको राजीनामाको लहर : जागिरबाटै विरक्ति कि अर्काे नियुक्तिको तयारी ?

ओली सरकारको वैद्यानिकता विवाद :अदालतले माग्यो तीन कागजात

६ उपसचिवको सरुवा,तीनलाई सहायक प्रजिअको जिम्मेवारी

बिशेष