प्रधानमन्त्रीलाई लिन फिर्ता बोलाइएका राजदूत विमानस्थलमा,मोदीको शपथमा सँगै

 

बिज्ञापन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको शपथ ग्रहणमा सहभागी हुँदा साथमा फिर्ता बोलाइएका भारतका लागि नेपाली राजदूत शंकर शर्मा सहभागी हुँदैछन् ।

बिज्ञापन

सरकारले बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकपछि विश्वका ११ मुलुकमा रहेका आफ्ना राजदूतहरुलाई फिर्ता बोलाएको छ । त्यसमा भारतका लागि नेपाली राजदूत डा।शंकर शर्मा पनि छन् । उनलाई फिर्ता बोलाइएको आज अपरान्ह ७२ घण्टा हुँदैछ।आजै साँझ उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा राजदूतको हैसियतमा सहभागी हुने कार्यक्रम छ ।

प्रधानमन्त्री दाहालका साथमा उनकी छोरी गंगा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्रसचिव सेवा लम्साल, परराष्ट्रका शिष्टाचार महापाल विष्णुप्रसाद गौतम, परराष्ट्रको दक्षिण एसिया महाशाखा प्रमुख भृगु ढुंगाना पनि दिल्ली गएका छन् ।

बिज्ञापन

यता,उनै राजदूतलाई फिर्ता बोलाएर सोही कार्यक्रममा उपस्थित हुने कार्यक्रम छ । राजदूत शर्मा प्रधानमन्त्रीलाई स्वागत गर्न नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुग्दैछन् ।

तीन दिनअघि सरकारले राजदूत शर्मालाई फिर्ता बोलाउने निर्णय गरेपछि सरकारको आलोचना भैरहेको छ । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भारत भ्रमण र राजदूत फिर्ता बोलाउने एकसाथ निर्णय भएपछि आलोचना भएको हो ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निर्वाचनमा रात्रिकालीन व्यवसाय सञ्चालनमा रोक

सरकारी तलब खाएर दलको मञ्चमा अध्यक्षता : प्रकाश रैला आचारसंहिताको कठघरामा

‘नियुक्ति सच्याउन हिजै दिएको थिएँ निवेदन’

सब–इन्जिनियर हत्याका मुख्य योजनाकार : लोकसेवाको वैकल्पिक उमेद्धार

सरुवाको भोलिपल्टै सहसचिवले दिए सेवाबाटै राजीनामा

जब पूर्व सचिवको नातेदारलाई एक तह बढुवा गरी निर्वाचनमा खटाइयो

अध्यागमनको आग्रह : विदेश भ्रमणअघि स्व–घोषणा फाराम अनिवार्य रूपमा भरेर मात्र आउनू

निर्वाचनमा २ लाख २१ हजार कर्मचारीलाई खटाइँदै

बिशेष