उपसचिवद्धयको नियत कि नियती :- सफाइ पाएको बर्ष दिन नपुग्दै अर्काे भ्रष्टाचार मुद्धा

निजामती प्रशासन किन यसरी बुटिलिँदै र गन्हाउँदै गयो ? कर्मचारीहरुलाई मालदार ठाउँ नै चाहिने मौका पाएपछि कुस्त कमाइहाल्नुपर्ने रोगका कारण निजामती क्षेत्र कसरी रसातालमा भासिदैंछ,केही उदाहरण हेरौं

बिज्ञापन

जस्तो : सोमबारमात्र अख्तियारले दुई उपसचिवलाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्धा चलायो । जसमा एक छन्,कृष्णदेव जैसी अनि अर्काे विश्वराज मरासिनी । यी दुबै स्थानीय तहका ’डन’ कर्मचारी थिए कुनै समय । रोचक चाँहि,यी दुईमध्ये एक कृष्णराज जैसी त दुई बर्ष अगाडि डेढ लाख घुस रकमसहित पक्राउ परे । विशेष अदालतमा च्यानल मिलाएर एक बर्ष अगाडि निर्दाेष ठहर भए । अहिले फेरि अर्काे मुद्धा लागेर निलम्बनमा परेका छन् । अनि अर्काे उपसचिव विश्वराज मरासिनीविरुद्ध यस अघि नै फरक फरक चार वटा मुद्धा चलिरहेको छ । पूरानो मुद्धा नै फैसला भएको छैन,फेरि अर्काे भ्रष्टाचार मुद्धा थपिएको छ । जैसी काठमाडौंको चन्द्रागिरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतबाट सरुवा भएर गोदावरी नगरपालिकामा आइपुगेका थिए । उनी गोदावरीमै कार्यरत रहेको समयमा डेढ लाख घुस रकम सहित अख्तियारको फन्दामा परे । उनी र सव इञ्जिनियर किशोरकुमार मोक्तान अख्तियारको स्ट्रिङ अप्रेसनमा परेका थिए ।

बिज्ञापन

यो प्रकरणमा सफाई पाए पछि त्यहाँबाट भेरी नगरपालिका जाजरकोटको प्रमुख प्रशासकीय अधिकृत,त्यहाँका जिससका हाकिमको जिम्मेवारी पाएका थिए । तर डेढ बर्ष नबित्दै फेरि अर्काे मुद्धा भोग्दैछन् । अख्तियाले लेले र नल्लुका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन् गर्दा भ्रष्टाचार भएको भनी गोदावरी नगरपालिकाको मेयर गजेन्द्र महर्जन,उपमेयर मुना अधिकारी सहित यी दुई पूर्व हाकिम मरासिनी र जैसीलाई पनि पोलेको हो । अख्तियारले भ्रष्टाचार मुद्धा चलाएकोमध्ये विश्वराज मरासेनीलाई चार वटा मुद्धा चलिरहेको छ ।

गत असोज ७ गते बारा जिल्लाको सिम्रौनगढ नगरपालिकामा रहदा भ्रष्टाचार गरेको भन्दै चलेको मुद्धा विशेषमा विचराधिन छ । मरासिनी सोही पालिकामा हुँदा माछापोखरी निर्माणको ठेक्का भ्रष्टाचारी ठहर भएका छन् । टेकनारायण कुवँर, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले मरासिनीलाई ६ महिना कैद र ४ लाख ६१ हजार २ सय ५० रुपैयाँ जरिवाना हुने फैसला गरेको छ । मरासिनी भ्रष्टाचारी ठहर भएको ६ महिना नपुग्दै अर्को भ्रष्टाचारको मुद्दा दायर भएको हो । सिम्रौनगढ–८ कचोर्वास्थित जनता माविको भवन निर्माणबापतको रकम उपभोक्ता समितिलाई दिने क्रममा अनियमितता गरेको आरोपमा अख्तियारले मरासिनीविरुद्ध अर्को भ्रष्टाचारको मुद्दाको सुनुवाई हुनै बाँकी छ,उनीमाथि फेरि अर्काे मुद्धा थपिएको छ । मरासिनी धादिङको बुढानिलकण्ठ नगरपालिका, ललितपुरको गोदावरी नगरपालिका, भक्तपुरको थिमी नगरपालिका, काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका र बाराको सिम्रौनगढ नगरपालिकासम्म चलाएर उनी अछामको प्रमुख जिल्ला अधिकारी हुँदा भ्रष्टाचार मुद्धा चलेपछि निलम्बनमा परेका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

विवादित उपसचिवहरु उपत्यका छिर्न लाखौंको चलखेल,विवादमा तानिदैं मन्त्री अधिकारी

अर्थ मन्त्रालयमा ९० शाखा अधिकृतको व्यापक हेरफेर

जीबी राई भगाउने सहसचिव घिमिरे ‘पुरस्कृत’

मन्त्रीका स्वकीयका अगाडि सचिव र सहसचिव निरिह

२० भदौंभित्र सहसचिव र उपसचिव पदको माग आकृति फाराम पठाउन सामान्यको परिपत्र

मन्त्री न्यौपाने भन्छिन्ः अब एक वर्ष नपुग्दै कसैको सरुवा हुँदैन

‘अब एक वर्ष दिन नपुगी कुनै कर्मचारीको सरुवा हुँदैन’ : मन्त्री न्यौपाने

भ्रष्टाचार मुद्धामा मुख्य सचिवलाई उन्मुक्ति दिएको भन्दै सर्वाेच्च पुग्यो अख्तियार

बिशेष