जनकपुरधाम । सशस्त्र प्रहरीले ठूलो परिमाणमा भन्सार छली ल्याएको मालबस्तु बरामद गरेको छ ।सशस्त्र प्रहरी बलले ५५ लाख ५० हजार बराबरको काजु र किसमिस लगायतका ड्राइफुड बरामद गरेको छ ।
बिज्ञापन
२ हजार १ सय १० किलो काजु र ५४० किलो किसमिस बोकेको मधेश प्रदेश ०४–००१ ख ०१७१ नम्बरको ट्रक सशस्त्र प्रहरी र भन्सार कार्यालयको टोलीले सोमबार जनकपुर उपमहानगरपालिका–, कल्याणी मार्टनिरबाट बरामद गरेको हो ।
बिज्ञापन
भन्सारको टोलीले काजु र किसमिस बोकेको ट्रक रोकपछि चालक फरार भएका छन् । सिमानाकाबाट तस्करीको भन्सार/छली गरी जनकपुरसम्म सामान निर्बाध आउने गरेको सोमबार भन्सार कार्यालयको टोलीले बरामद गरेको काजु किसमिसले पनि पुष्टि गरेको छ ।