नारायणकाजीको सम्पत्ति: एक लाख २२ हजार बैंकमा, गाडी प्रचण्डले दिएको

काठमाडौँ । सरकारले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।

बिज्ञापन

गत जेठ ३ गते बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय अनुसार मंगलबार सरकारले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।

बिज्ञापन

जस अनुसार उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको सम्पत्ति विवरणमा बैंक खातामा एक लाख २२ हजार ९ सय १८ रुपैयाँ ६४ पैसा रहेको र सो रकम सेवा सुविधाबाट प्राप्त भएको उल्लेख गरेका छन् ।

त्यस्तै श्रेष्ठले गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ८ मा पैत्रिक जग्गा ३७ रोपनीभन्दा बढी रहेको र त्यो पनि २०५८ सालमा पार्टीलाई हस्तान्तरण गर्ने घोषणा गरेको उल्लेख गरेका छन् ।

बिज्ञापन

त्यस्तै श्रेष्ठले आफ्नो सम्पत्ति विवरणमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपलब्ध गराएको गाडी प्रयोग गर्ने गरेको र सो गाडीको खरिद मूल्य र खरिद मिति आफूलाई थाहा नभएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पिआइएस पोर्टल सञ्चालनको अधिकार अब कर्णालीलाई,पाँच हजार बढी कर्मचारी प्रत्यक्ष लाभन्वित

नापिका २१ हाकिमहरू फेरिए

१४ ठेकेदारलाई सात दिने पूर्जी

‘यो बालेन इफेक्ट हो’: पूर्वसचिव उपाध्यायको विश्लेषण

प्रहरीको परीक्षामा खेताला उमेद्धारको विगबिगी : बर्ष दिनमै ३६ परीक्षार्थी कारवाहीमा

पूर्व गृहमन्त्रीका नातेदारलाई छानी छानी नियुक्ति

अवैद्य गर्भपतन गराउँदै आएको क्लिनिकलाई प्रहरी र प्रशासनको उन्मुक्ति,स्थानीय आक्रोशित

स्वास्थ्य मन्त्रालयमा सेटिङ साम्राज्य भत्कियो: रायमाझी हटाइए, इमानदार पण्डित जोखिमपूर्ण कुर्सीमा

बिशेष