काँग्रेसको नाराबाजीकै बीच प्रधानमन्त्रीले मागे विश्वासको मत

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत मागेका छन् ।

बिज्ञापन

तर, प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गरिरहँदा नेपाली कांग्रेसलगायतका प्रतिपक्षी दलहरूले वेल घेराउ गरेका छन् । प्रतिपक्षी दलहरूले वेल घेराउ गर्दै नाराबाजी गरिरहँदा प्रधानमन्त्री प्रचण्ड मर्यादापालकको सहयोगमा रोस्ट्रममा पुगेका थिए ।

बिज्ञापन

प्रतिनिधि सभा बैठकमा कांग्रेसको नाराबाजी चलिरहेको समयमा सभामुखको अनुमतिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिनका लागि प्रस्ताव प्रस्तुत गरेका थिए ।

कांग्रेसकै अवरोधपछि १५ मिनेटका लागि स्थगित भएपछिको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत मागेका हुन् । प्रतिपक्षी कांग्रेसका सांसदहरूले नाराबाजी गरिरहेका छन् ।

बिज्ञापन

प्रधानमन्त्री दाहालले यसअघि २०७९ पुस १०, फागुन ३० र गत माघमा विश्वासको मत लिएका थिए । अहिले चौथो पटक विश्वासको मत लिन लागिएको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शाखा अधिकृतको विज्ञापन खोल्ने तयारी,माग आकृति फाराम पठाउन सामान्यको पुन ताकेता

१ लाख ३६ हजार मतदाता थपिए

भक्तपुर अस्पतालको खण्डन : ‘स्पेक लक र सप्लायर्ससँगको मिलेमतो समाचारमा कुनै सत्यता छैन’

डा. विलोक मिश्रको असामयिक निधन

सेवाग्राही भन्छन्,संस्था दर्ता-नवीकरणमै घुस मागियो ,सिडियो भन्छन् : ‘प्रमाण ल्याउनुहोस’

राजस्व अनुसन्धान विभाग ‘निष्क्रिय’: मुस्ताङको कोरला नाकाबाट खुलेआम ब्रह्मलुट

इन्सपेक्टर लामालाई गृहले सोध्यो स्पष्टीकरण

जेनजी राजमा पनि रोकिएन कर्मचारी सरुवामा विकृती : एमाले निकटकालाई छानी छानी जिम्मेवारी

बिशेष