गाउँपालिकाको सामाजिक सुरक्षा भत्तामा ९ करोड भ्रष्टाचार भएको आरोप

भ्रष्टाचारविरुद्धको सामाजिक अभियानले कैलालीको जानकी गाउँपालिका–९ मा सामाजिक सुरक्षा भत्तामा भ्रष्टाचार भएको खुलासा गरेको छ । अभियन्ताहरुले जानकी गाउँपालिका–९ मा एउटै नागरिकताबाट दोहोरो परिचय पत्र बनाएर र मृत्यु भइसकेको मानिसहरुको नाममा सामाजिक सुरक्षा भत्तामा भ्रष्टाचार भएको उनीहरुले बताएका छन् ।
सामाजिक अभियन्ता, भ्रष्टाचारविरुद्धको अभियानका संयोजक कृष्ण सोडारीले वडा अध्यक्ष खकेन्द्र भण्डारी र वडा सचिव प्रेमबहादुर बुढाको मिलेमत्तोमा ९ करोड बढी भ्रष्टाचार भएको आरोप लगाएका हुन । आर्थिक वर्ष २०७४/०७५ देखि ०७७/०७८ सम्मको अवधिमा अनियमितता भएको उनीहरुको आरोप छ । अभियन्ता भण्डारीले वडा अध्यक्ष भण्डारी र वडा सचिव बुढाले ४६५ जना नक्कली सेवाग्राही खडा गरेर भ्रष्टाचार गरेको आरोप लगाए ।
उनले सामाजिक सुरक्षा भत्तामा भएको भ्रष्टाचारबारे आफूहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कन्चनपुरमा २०७९ साउन १० मा उजुरी दिएपनि प्रभावकारी छानविन नभएको गुनासो पोखे । २०७४ को स्थानीय तह निर्वाचनमा निर्वाचित भएको वडा अध्यक्ष भण्डारी ०७९ को निर्वाचनमा पनि दोहोरिएका छन् । सो बेलादेखि वडा सचिव बुढा अहिलेसम्म सोही वडामै कार्यरत छन् ।
त्यसैगरी, अभियन्ता युवराज पौडेल ‘सफल’, हेमबहादुर खड्का, रामहरि दाहाल, भक्त बहादुर विकलगायतले उक्त भ्रष्टाचार प्रकरणको सत्यतथ्य छानविन गरेर दोषीउपर कानुनी कारबाही हुनुपर्ने बताए । दोषीमाथि कारबाही नभएसम्म आफूहरु निरन्तर लागिरहने पनि उनीहरुले प्रतिवद्धता व्यक्त गरे ।

बिज्ञापन

यस विषयमा वडा अध्यक्ष भण्डारीसँग प्रतिक्रिया लिँदा उनले उक्त आरोप अस्वीकार गरे । उनले अभियन्ता सोडारी स्थानीय तह निर्वाचनको प्रतिस्पर्धी रहेका पनि खुलासा गरे । सोडारीले पराजयको विक्षिप्त मानसिकता देखाइरहेको समेत वडा अध्यक्ष भण्डारीले बताए ।‘यो आरोपमा कुनै सत्यता छैन । सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण भइरहेको छ । बैंकमा मृत्यु भइरकेका मानिसहरुको खाता खोल्न सम्भव छ र ? यो राजनीतिक पूर्वाग्रहको उपज हो,’– वडा अध्यक्ष भण्डारीले भने ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

विवादित उपसचिवहरु उपत्यका छिर्न लाखौंको चलखेल,विवादमा तानिदैं मन्त्री अधिकारी

अर्थ मन्त्रालयमा ९० शाखा अधिकृतको व्यापक हेरफेर

जीबी राई भगाउने सहसचिव घिमिरे ‘पुरस्कृत’

मन्त्रीका स्वकीयका अगाडि सचिव र सहसचिव निरिह

२० भदौंभित्र सहसचिव र उपसचिव पदको माग आकृति फाराम पठाउन सामान्यको परिपत्र

मन्त्री न्यौपाने भन्छिन्ः अब एक वर्ष नपुग्दै कसैको सरुवा हुँदैन

‘अब एक वर्ष दिन नपुगी कुनै कर्मचारीको सरुवा हुँदैन’ : मन्त्री न्यौपाने

भ्रष्टाचार मुद्धामा मुख्य सचिवलाई उन्मुक्ति दिएको भन्दै सर्वाेच्च पुग्यो अख्तियार

बिशेष