प्रतिनिधि सभाको बैठक बिहान ११ बजे,यस्तो छ कार्यसूची

संघीय संसदको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बिहीबार सुरु हुनासाथ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि आज बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको थियो ।

बिज्ञापन

प्रतिपक्षको अवरोधकाबिच सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाएका थिए । उनले गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि कांग्रेसले बैठक अवरुद्ध गरेको थियो ।

बिज्ञापन

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । त्यस्तै प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न माननीय सदस्यहरूको मनोनयन गर्नेछन् ।

यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्ने, सभामुखले राष्ट्रपतिलाई धन्यवादको प्रस्ताव प्रस्तुत गर्ने लगायतका कार्यसूची तय भएको संसद् सचिवालयले जानकारी दिएको छ

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पिआइएस पोर्टल सञ्चालनको अधिकार अब कर्णालीलाई,पाँच हजार बढी कर्मचारी प्रत्यक्ष लाभन्वित

नापिका २१ हाकिमहरू फेरिए

१४ ठेकेदारलाई सात दिने पूर्जी

‘यो बालेन इफेक्ट हो’: पूर्वसचिव उपाध्यायको विश्लेषण

प्रहरीको परीक्षामा खेताला उमेद्धारको विगबिगी : बर्ष दिनमै ३६ परीक्षार्थी कारवाहीमा

पूर्व गृहमन्त्रीका नातेदारलाई छानी छानी नियुक्ति

अवैद्य गर्भपतन गराउँदै आएको क्लिनिकलाई प्रहरी र प्रशासनको उन्मुक्ति,स्थानीय आक्रोशित

स्वास्थ्य मन्त्रालयमा सेटिङ साम्राज्य भत्कियो: रायमाझी हटाइए, इमानदार पण्डित जोखिमपूर्ण कुर्सीमा

बिशेष