महेशकै पथमा रमेश :- यातायात कार्यालय छाड्न अटेरी

एक जना हाकिमले प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्णय नै लत्याइदिएका छन् । तीन महिना अघि नै कार्यालयको प्रमुखको सरुवा अन्यन्त्र गरिए पनि उनी उक्त अड्डा भदौ महिनासम्म नछाड्ने अडानमा छन् । यसरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्ले गरेको सरुवाको निर्णय उल्टाइदिने हाकिम हुन रमेश गौतम ।

बिज्ञापन

गौतम अहिले दाङको तुल्सीपुरस्थित यातायात व्यवस्था कार्यालयमा कार्यरत छन् । उनी गत असार ११ गते उक्त कार्यालयको प्रमुखको कुर्सीमा आइपुगेका हुन । गत १९ फागुनमा उनलाई त्यहाँबाट सरुवा गर्ने निर्णय गरेका थियो मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले । १९ फागुनमा उनको सरुवा उद्योग तथा यातायात व्यवस्था मन्त्रालय देउखुरीमा भयो । मुख्यमन्त्री कार्यालयको सचिवस्तरको बैठकले गरेको उक्त निर्णय भोलिपल्टै चलानी गरिए पनि हालसम्म कार्यान्वयन भएको छैन ।

बिज्ञापन

कर्मचारी प्रेसलाई प्राप्त पत्र अनुसार,पत्र संख्या ०८०/८१, चलानी नम्बर १५१९ को पत्रानुसार उनलाई उद्योग तथा यातायात व्यवस्था मन्त्रालयमा खटाइएको छ । तर हालसम्म रमाना नलिएपछि गौतम कार्यालय प्रमुखको जिम्मेवारीमा नै छन् । उनको सरुवापछि मुख्यमन्त्री कार्यालयबाट सरुवा भएर त्यहाँ हाजिर हुन आएका आठौं तहका अधिकृत विनोद पौडेललाई मोटरसाइकल फाँटको जिम्मेवारीमा सीमित गराइएको छ ।
सरुवा भएर समेत रमाना नबुझि सोही कार्यालयमा बसेर गन्जागोल बनाएको कर्मचारीहरुकै भनाई छ । विभिन्न ट्रायल सेन्टरहरुले कुरो नमिलेपछि कार्यालय प्रमुखले दुःख दिने गरेको आरोप छ,उनीमाथि । घरभाडाकै बिषयमा समेत गोलमाल गरिएको आरोप छ उनीमाथि । सवारी चालक अनुमतिपत्र जारीलगायत कार्यालय खर्चमा मनोमानी गरिएको समेत एकाथरी कर्मचारीको आरोप छ उनीमाथि ।

गौतम तिनै कर्मचारी हुन,यसअघि मुख्यमन्त्री कार्यालयबाट रुपन्देहीको एक स्थानीय तहमा सरुवा भएका उनलाई पालिकामा हाजिर नगराई फर्काइएको थियो । तत्कालीन मुख्यमन्त्री डिल्ली चौधरीको ‘ग्रीन सिग्नल’ पछि उनी त्यताबाट सोझै यातायात कार्यालयमा सरुवा भएका थिए ।

बिज्ञापन

स्मरण रहोस यस अघि बुटवल यातायात कार्यालयमा कार्यरत उपसचिव महेश पाण्डेले सरुवा थमौती खोजेपछि संघ सरकारले प्रहरी नै लगाएर उठाउनु परेको थियो । बुटबल यातायात कार्यालयमा कार्यरत उपसचिव पाण्डेलाई महागढीमाई नगरपालिका बाराको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको थियो । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र बुटवल, रुपन्देहीका कार्यालय प्रमुख रहेका पाण्डेले रमाना नलिएपछि संघ सरकारले प्रहरी नै लगाएर उठाउन खोजेको थियो । उनैm महेश फेरि यातायाततिरै फर्कने चाँजोपाँचो मिलाउँदै छन् । हालैमात्र सामान्य प्रशासनले गरेको सरुवा सूची अनुसार उनी जिसस नवलपरासीबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्या य लुम्बिनी प्रदेशमै फर्किएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,नियुक्तिदेखि दरबन्दी तेरिज स्वीकृतसम्म

सडकमा १८३ सबइञ्जिनियरहरुको सरुवा

अर्थका २० अधिकृतको सरुवा : राजश्व अनुसन्धान विभागमा १५ को ‘इन्ट्री’

अध्यादेशद्धारा उल्टियो ओली सरकारको निर्णय

अध्यागमन विभागद्वारा विदेशीमाथि कडाइ — ‘निगरानी नराखिए राष्ट्र कमजोर हुने’ निर्देशन

भरतपुरका प्रमुख प्रशासकीय भन्छन् “धुर्मुस सुन्तली फाउण्डेसनको ऋृण तिर्न कानुनी आधार भेटिएन”

मन्त्रिपरिषद्को बैठक बस्दै,निर्वाचनमा सेना परिचालनको निर्णय गर्ने

यी हुन सरकारले तोकेका २६ सार्वजनिक खाद्य विश्लेषक

बिशेष