राजनीतिक आवरण र शक्तिको कारण चौधरी ग्रुपलाई कसरी पक्षपोषण गरिँदै आएको छ भन्ने दुईवटा सानो उदाहरण हेरौं :-
गत कार्तिक पहिलो साता स्वतन्त्र रुपमा चुनावी मैदानमा होमिएर चुनाव जितेका धरानका मेयर हर्क साम्पाङको शहरमा चौधरी ग्रुपद्धारा उत्पादित वाइवाइ चाउचाउ नक्कली भएको खुल्यो ।
बिज्ञापन
उपभोक्ताले धरान १५ मदनआश्रित मार्गको आयुष स्टोरबाट किनेको चाउचाउमा नक्कली उत्पादित मिति राखेर बजारमा पठाइएको खुलासा भएसँगै धरान उपमहानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख ५० हजार रुपैंया जरिवाना तिराएको थियो । वाईवाई चाउचाउ खरिद गरेर लगेका उपभोक्ताले दुर्गन्ध आएको गुनासो गत असोज २५ गते गरेपछि परिक्षणका लागि लगिएको थियो। उपभोक्ताले धरान १५ मदनआश्रित मार्गको आयुष स्टोरबाट किनेको सो चाउचाउ बिक्रीकालागि पठाएको सवै चाउचाउमा नक्कली उपभोग्य मिति टाँसी बजार पठाएको समेत खुलेको छ। कुहिएको चाउचाउ बिक्री गर्दै आएको सोस्टोरबाट मुचुल्का उठाएर वरामद गरेको चाउचाउ परीक्षणको लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय इनरुवामार्फत विराटनगरको प्रयोगशालामा परीक्षणको गरिएको थियो।
बिज्ञापन
चौधरीको कम्पनीले उत्पादन गरेको वाईवाई चाउचाउ धरान उपमहानगरपालिका क्षेत्रका पसलमा भेटिएको चाउचाउ परिक्षण गर्दा गुणस्तरहिन (अखाद्य बस्तु) प्रमाणित भएसँगै उपमेयर अइन्द्रबिक्रम बेघा संयोजक रहेको बजार अनुगमन समितिले २ लाख ५० हजार रुपैयाँमात्र जरिवाना गरेको थियो । परीक्षणको रिपोर्टमा एक्स्ट्राक्टेड फ्याटको एसिड भ्यालु १ भन्दाबढी भएमा उक्त खाद्य बस्तु खान अयोग्य मानिने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका कर्मचारीहरु बताउँछन् तर त्यस समयमा बरामद गरिएको चौधरी समूहले उत्पादन गरेको चाउचाउमा एक्स्ट्राक्टेड फ्याटका २ दशमलव ८५ प्रतिशत रहेको छ। तोकिएको मापदण्डभन्दा बढी एसिड भ्यालु भएको रिपोर्ट आएकोले वाइवाइ चाउचाउ खान अयोग्य भएको पुष्टि भएको थियो।
६ महिना पछि अर्काे स्वतन्त्र मेयर रहेका काठमाडौं महानगरपालिकाले उसैगरी बजार अनुमगन गर्दा वाइवाइ चाउचाउमा कैफियत भैटिएसँगै २ लाख ५० हजार रुपैंया जरिवाना तिरायो । काठमाडौं महानगरपालिकाको एक टोलीले भने चौधरी ग्रुपद्वारा उत्पादन गरेको वाइवाइ ब्राण्डको चाउचाउ गुणस्तहिन भएको भन्दै २ लाख रुपैयाँ जरिवाना गरेसँगै चौधरी ग्रुप त्रसिन पुगेको छ । गत वैशाख १२ गते महानगरपालिकाको वडा नं ६, सरस्वती नगरको किराना पसलबाट बैशाख २ गते चौधरी ग्रुपद्वारा उत्पादित वाइवाइ चाउचाउ जफत गरेको थियो । ०८० सालको चैत महिनामा उत्पादित ६० ग्राम तौल भएका, अधिकतम विक्री मूल्य २० रुपैयाँ पर्ने व्याच नं एएल वाईएल २३ का १५० ग्राम नमूना चाउचाउ परीक्षणका लागि प्रयोगशालामा पठाइको थियो । प्रयोगशालाको रिपोर्ट आउनु अघि स्थलगत अवस्थाको प्रतिवेदन दिँदै खाद्य प्राविधिक अनिल बस्नेत र अशोक पराजुलीले कम गुणस्तरको तेल प्रयोग गरेर चाउचाउ फ्राइ गरिएको हुन सक्ने, कच्चा पदार्थ निम्न गुणस्तरको भएको पाइएको भन्दै काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । कम गुणस्तरका चाउचाउ बजारमा बिक्रीवितरण गरेको भेटिएपछि महानगरको कृषि तथा पशुपन्छी विभागले जरिवाना गराएको हो ।
बिज्ञापन
नमूनाको प्रयोगशाला परीक्षणबाट आएको प्रतिवेदनअनुसार खैरो रङ्गको चाउचाउमा गाढा खैरो र काला धब्बा देखिएका थिए । रिपोर्टअनुसार चाउचाउमा एसिड भ्यालु १३ दशमलव ९३४ एमजी केओएच जी आयल देखिएको छ । जबकी यसको भ्यालु १ एमजी केओएच जी आयलभन्दा बढी हुनु हुँदैन । खाद्य प्राविधिक अनिल बस्नेतका अनुसार यसो हुनु भनेको तेलको गुणस्तर नभएको भन्ने हो । यसको निरन्तर प्रयोग गर्दा क्यान्सरलगायत घातक रोग देखाउन सक्ने खाद्य प्राविधिक बस्नेतले जानकारी दिए ।
पोषणविद्हरुका अनुसार यस्ता अखाद्य चाउचाउहरुको नियमित प्रयोगले क्यान्सर समेत गराउन सक्ने बताउँछन् । यी दुईवटा स्वतन्त्र मेयरहरु रहेको स्थानमा गरिएको परीक्षणबाटै वाइवाइ चाउचाउ अखाद्य रहेको पृष्टि भइसकेको छ । वाइवाइ चाउचाउमा मानव स्वास्थ्यमा गम्भीर असर पार्ने रसायन प्रयोग गरेको भेटिएका हो ।खाद्यका विश्लेषकहरुका अनुसार वाइवाइ चाउचाउमा सीसाको मात्र अत्याधिक प्रयोग गरिएको बताउँछन् । अत्याधिक सीसा प्रयोग भएको बस्तु मानव स्वास्थ्यका लागि हितकर मानिदैन । २ दशमलव ५ पीपीएमभन्दा बढी लिड भएको चाउचाउ मानव स्वास्थ्यका लागि विष सरह मानिन्छ । कुनै पनि खाद्य सामाग्रीहरुको परीक्षण गर्ने निकाय हो खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग । काठमाडौंमा रहेको यो विभाग र यस्को नेतृत्व निरीह बनेका कारण चौधरी ग्रुपद्धारा उत्पादित वाइवाइ होस वा राजेन्द्र खेतानहरुले उत्पादन गरेको रेडबुल (जो विदेशमा प्रतिबन्धित छ) माथि कुनै कारवाही गर्न सकेको छैन ।
यही कारण होला चौधरीका पुत्रहरु नै आफ्नै कम्पनीद्धारा उत्पादित चाउचाउ सेवन गर्न मान्दैनन् । ५ बर्ष अघि कान्तिपुर टिभीको इट्स माइ सो कार्यक्रममा पुगेका विनोदका छोराहरु बरुण,निर्वाण र राहुल अतिथि थिए । प्रस्तोता सुरजसिंह ठकुरीले रमाइलोका लागि भन्दै एक–एक वटा वाइवाइ चाउचाउ खानुपर्ने ‘खेल’ खेलाउँदा विनोदका छोराहरुले आफ्नै कम्पनीको उत्पादन वाइवाइ खान हिचकिचाएका थिए । त्यसपछि ठकुरीले सोधेका थिए, ‘तपाईंहरुले नै चाउचाउ खानुहुन्न भने अरुले कसरी खान्छन् । त्यसपछि बाध्य भएका विनोदका तीनभाइ छोराले चाउचाउको प्याकेट खोलेर अलिकति चाखेको जस्तो गरेपछि बाँकी टेबलमा छोडिदिएका थिए ।
यसरी ७५३ पालिकामध्ये स्वतन्त्र मेयरहरु रहेका दुई ठूला पालिका काठमाडौं र धरानमा भएको बजार अनुमगनको क्रममा वाइवाइ चाउचाउ खान अयोग्य भएको,मिति गुज्रिएको चाउचाउमा समेत नक्कली उपभोग्य मिति टाँसेर जनस्वास्थ्यमाथि खेलवाड गरिएको तथ्यहरु प्रकाशमा आयो । यी दुबै पालिकाले २ लाख ५० हजारका दरले जरिवाना तिराएसँगै वाइवाइ चाउचाउको बजार घटेको छ । सोही कारण त्रसिएको चौधरी ग्रुपले अहिले वाइ वाइ तयारी चाउचाउ स्वादसँगै गुणस्तरमा अब्बल रहेको ,उपभोक्ताको स्वास्थ्यप्रति गम्भीर बन्दै कम्पनीले वाइ वाइको उच्चस्तरीय गुणस्तर मापदण्डहरु पूरा गर्न खाद्य प्राविधिकहरुले नियमित सुक्ष्म जाँच गर्ने गरेको भन्दै आफ्नो बचाउ गर्न थालेको छ ।