मन्त्रिपरिषद् पुनर्गठनको तयारी: रञ्जितालाई भूमि कि स्वास्थ्य ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्याबिनेट पुनर्गठनको तयारी थालेका छन् । विश्वासको मत दिएकी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई मन्त्री बनाउने र हालैमात्र सात सांसद लिएर उपेन्द्र यादवका पार्टी फुटाउनेहरुलाई मन्त्रीमा नियुक्ति गर्ने तयारी थालेका हुन ।

बिज्ञापन

जसपा नेपालको विभाजित समूह र नागरिक उन्मुक्ति पार्टी (नाउपा) लाई सरकारमा समेटेर क्याबिनेट पुनर्गठन गर्न लागिएको छ । सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डबीच यसबारे मोटामोटी सहमति भइसकेको र एकाध दिनमै ठोस निर्णय हुने बताइएको छ । बालुवाटार स्रोतले बताएअनुसार नाउपालाई एक मन्त्रालय र फुटेको जसपालाई कम्तिमा एउटा राज्यमन्त्री थपिदिने सहमति छ । फुटेको जसपाबाट अहिले नवलकिशोर साह वन तथा वातावरणमन्त्री छन् ।

बिज्ञापन

जनता समाजवादी पार्टीका प्रदीप यादव र रञ्जितालाई तत्काल मन्त्री बनाएर प्रधानमन्त्री दाहाल सत्ता समिकरणलाई बलियो बनाउने पक्षमा रहेका छन् । यसका लागि उनले गृहकार्य समेत थालेको उनी निकट स्रोतले बतायो । रञ्जिताले यस अगाडि आफूले सम्हालेको भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारणमन्त्री हुने इच्छा राख्दै आएकी छिन् ।यद्यपि प्रधानमन्त्री प्रचण्डले उपेन्द्र यादवलाई हटाएर खालि हुने स्वास्थ्य मन्त्रालयमा नाउपाका अध्यक्ष रन्जिता श्रेष्ठलाई लैजाने तयारीमा छन् । त्यस्तै, नयाँ जसपाका अध्यक्ष अशोक राईले आफू र पत्नी सुशिला श्रेष्ठ मन्त्री नबन्ने खबर गरेकाले सो पार्टीबाट नवलकिशोरले नै निरन्तरता पाउने सम्भावना बढी रहेको स्रोतको दाबी छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

लमजुङको सिडियोमा खनाल

उच्च सरकारी वकिलको कार्यालयले भन्यो : सिंहदरबार आगजनीका आरोपीलाई मुद्धा चलाऊ

खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति स्थगित

चुनाव अगाडि मन्त्रिपरिषद्को बैठक अनिश्चित,मुख्यसचिव सतर्क

मध्यपूर्व क्षेत्रका ९ देशमा तनाव हुँदा नेपालका २१ उडान रद्ध,हजारौं यात्रु अलपत्र

इरानमा अमेरिका र इजरायलको आक्रमण : कति सुरक्षित छन् त्यहाँ नेपाली ?

स्वतन्त्र उमेद्धार फूँयालको चुनावी घोषणापत्र सुशासन र उद्यमशीलता प्रथामिकता

निर्वाचनका दिन सवारी साधन नियमन : कसलाई पास चाहिन्छ, कसलाई चाहिँदैन ?

बिशेष