सरकारले नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने

सरकारले नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्ले नीति तथा कार्यक्रम जेठ १ गते ३ बजे ल्याउने निर्णय गरेको हो ।

बिज्ञापन

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी मंगलबार दिउँसो ३ गते संघीय संसद्‌मा राष्ट्रपति रामचन्द्र पौडेलबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संविधान र कानूनको व्यवस्थाबमोजिम आगामी मंगलबार दिउँसो ३ बजे बस्ने संघीय संसद्‌को बैठकमा राष्ट्रपति पौडेलले प्रस्तुत गर्ने जानकारी दिइन् ।

बिज्ञापन

यसैगरी अन्तर्राष्ट्रिय स्तरको क्रिकेट, कराते, तेक्वान्दो र कबड्डी प्रतियोगितामा विजयी खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी ४२ जनालाई पुरस्कार र सम्मान दिने निर्णयसमेत बैठकले गरेको प्रवक्ता शर्माले बताइन् । समाज कल्याण परिषद्को उपाध्यक्षमा सुनसरीका नन्दलाल माझी र भाषा आयोगको सदस्यमा काठमाडौंका सुरेश मानन्धर नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ ।

सरकारले डीआइजीद्धय उमेशराज जोशी र भीमप्रसाद ढकाललाई (एआईजी) प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गरेको छ । आज सिंहदरबारमा बसेको क्याविनेट बैठकले डीआइजीद्धय जोशी र ढकाललाई एआईजीमा बढुवा गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

लमजुङको सिडियोमा खनाल

उच्च सरकारी वकिलको कार्यालयले भन्यो : सिंहदरबार आगजनीका आरोपीलाई मुद्धा चलाऊ

खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति स्थगित

चुनाव अगाडि मन्त्रिपरिषद्को बैठक अनिश्चित,मुख्यसचिव सतर्क

मध्यपूर्व क्षेत्रका ९ देशमा तनाव हुँदा नेपालका २१ उडान रद्ध,हजारौं यात्रु अलपत्र

इरानमा अमेरिका र इजरायलको आक्रमण : कति सुरक्षित छन् त्यहाँ नेपाली ?

स्वतन्त्र उमेद्धार फूँयालको चुनावी घोषणापत्र सुशासन र उद्यमशीलता प्रथामिकता

निर्वाचनका दिन सवारी साधन नियमन : कसलाई पास चाहिन्छ, कसलाई चाहिँदैन ?

बिशेष