स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

स्थानीय तहमा मनलाग्दी कर्मचारी नियुक्ति नगर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले निर्देशन दिएका छन् । उनले आयोगको हेटौँडास्थित कार्यालयद्वारा काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन’ विषयक अन्तरक्रिया कार्यक्रममा अनावश्यक पद सिर्जना गरी कर्मचारी नराख्न तथा राखिएका विभिन्न प्रकारका सल्लाहकार कर्मचारी हटाउन आग्रह गरेका हुन् ।

बिज्ञापन

 

बिज्ञापन

कार्यक्रममा अयोगको हेटौँडास्थित कार्यालयका प्रमुख सहसचिव उमाकान्त आचार्यले अघिल्लो आर्थिक वर्ष र चालु वर्षका उजुरी, फछ्र्यौट तथा प्रकारका बारेमा जानकारी गराएका थिए । उनका अनुसार आयोगको केन्द्रीय कार्यालय टङ्गाल र हेटौँडा कार्यालयमा काभ्रेपलाञ्चोकमा अनियमिततता भएको एवं भ्रष्टाचारसम्बन्धी अनियमिततासम्बन्धी दुई सय ६१ उजुरी दर्ता भएका छन् । सोमध्ये चालु आवको वैशाख १८ गतेसम्म ८० उजुरी मात्रै फछ्र्यौट गर्न बाँकी रहेको आचार्यले बताए ।

 

बिज्ञापन

सचिव दङ्गालले स्थानीयस्तरमा उपभोक्ता समितिबाट भएका वा हुनसक्ने अनियमित क्रियाकलाप रोक्नसमेत स्थानीय तहका जनप्रतिनिधिहरुलाई अनुरोध गरे । कार्यक्रममा जिल्लाका स्थानीय तहका प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्ष तथा जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, प्रमुख प्रशासकीय अधिकृतहरुको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यी हुन् सरकारले फिर्ता बोलाएका राजदूतहरू (सूचीसहित)

जेन–जीको नाममा ज्यादती

विभागले हटायो करार सेवाका २६ कर्मचारी,दुईको सेवा निरन्तरता

एक दर्जन राजदूत फिर्ता बोलाउने तयारी,’करिअर डिप्लोम्याट’लाई तत्काल नचलाइने

सामान्य प्रशासनले सरुवा गरेका हाकिमहरु अझैं गएनन् स्थानीय तहमा

रसुवाका चार सहित २१ निर्माण कम्पनी कालोसूचीमा

अन्तर्मनको जागृति र स्थायी सफलता

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेटवार्ता

बिशेष