सरकारले बजेटका मुखमा मनमौजी ढंगले कर्मचारीहरु सरुवा गरेको भन्दै प्रशासन वृत्तबाटै आलोचना हुन थालेको छ । नियमावलीलाई धज्जी उडाउँदै विकासे मन्त्रालयका रुपमा चिनिएका भौतिक,शहरीदेखि विभिन्न स्थानीय तहमा मनलाग्दी ढंगले प्रमुख प्रशासकीय अधिकृतहरु चलाइएको छ ।
बिज्ञापन
हालैमात्र संघीय मामिला तथा सामान्य प्रशसान मन्त्रालयले २७ प्रमुख प्रशासकीय अधिकृत हेरफेर गरेको छ । कर्मचारी नियमावलीले सरुवाको समय तालिका तोकेको छ । निजामती सेवा नियमावली, २०५० को दफा ३६ मा कर्मचारीहरूलाई सरुवा गर्नुपरेमा सामान्य प्रशासन मन्त्रालयले प्रत्येक वर्षको भदौ १ गतेदेखि मसान्तभित्र, मन्त्रालय वा मन्त्रालयस्तरको सरुवामा केन्द्रीय निकाय वा विभागले प्रत्येक वर्षको असोज १ गतेदेखि १५ गतेभित्र र क्षेत्रीयस्तरका निकायहरूले प्रत्येक वर्षको असोज १६ गतेदेखि मसान्तभित्र सरुवा गरिसक्नुपर्ने व्यवस्था छ। कुनै कार्यालयमा रिक्त हुन गएको पदमा तोकिएको समय तालिका बाहेकको समयमा सरुवा गर्नु परेमा सामान्य प्रशासन मन्त्रालयको सहमति लिई सरुवा गर्न सकिने व्यवस्था छ ।तर नियमावलीको धज्जी उडाउँदै सामान्य प्रशासन,भौतिक,शहरी मन्त्रालयमा कर्मचारीको बेमौसमी सरुवा खेती फष्टाइरहेको छ ।
बिज्ञापन
नियमावलीलाई धज्जी उडाउँदै भौतिक पूर्वाधार मन्त्रालयले दर्जन बढी हाकिमको अस्वभाविक ढंगले सरुवा गरेको थियो । जसअनुसार,मन्त्रालयले मदन भण्डारी सडक आयोजनका प्रमुख बेलबहादुर भुजेललाई मन्त्रालयको जलमार्ग महाशाखामा ल्याइएको छ भने उक्त महाशाखामा कार्यरत दीप बाराहीलाई मदन भण्डारी सडक आयोजनमा पठाइएको छ । यस्तै संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय पोखरामा कार्यरत शुभराम न्यौपानेलाई सडक सुधार तथा विकास आयोजना (आरआइडिपि) ल्याइएको छ भने सडक सुधार तथा विकास आयोजनामा कार्यरत नरेन्द्र सुबेदीलाई संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय पोखरामा पठाइएको छ ।
यस्तै रेल तथा मेट्रो आयोजना सर्लाहीमा कार्यरत डिइ सन्तोष कर्णलाई सडक विभागमा लगिएको छ भने रेल तथा मेट्रो आयोजना सर्लाहीमा किरण कार्कीलाई खटाइएको छ । कार्की हाल सडक विभागमा कार्यरत छन्। यसैगरी सडक डिभिजन धनुषामा कार्यरत सिडिइ अरुण लाल कर्णलाई हुलाकी राजमार्ग वीरगन्ज पुर्याइएको भने हुलाकी राजमार्ग वीरगन्जमा कार्यरत सिडइ दीपक झालाई सडक डिभिजन धनुषामा लगिएको छ। यस्तै,सञ्जय पन्थीलाई रेल विभागबाट सडक विभागमा लगिएको छ।
भौतिकमामात्र होइन शहरी विकास मन्त्रालयले पनि मनलाग्दी सरुवा गरिरहेको छ । आगामी आर्थिक बर्षको बजेट निर्माणको तयारी गरिरहेका स्थानीय तहबाट धमाधम प्रमुख प्रशासकीय अधिकृतहरु झिकिएको छ । नयाँ प्रमुख प्रशासकीय अधिकृत ती स्थानीय तहमा खटाइएको छ ।
सरुवाको सूची अनुसार,भरपुर,ललितपुर,गोकर्णेश्वर,बूढानिलकण्ठ,कीर्तिपुर,गोदावरी,चाँगुनारायण लगायतका काठमाडौं,भक्तपुर,ललितपुर लगायतका महानगरपालिका,नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । यस्तै २९ उपसचिवको सरुवा गर्दा अर्जुन प्रसाद रिजाललाई हरिपूर्वा नगरपालिकाबाट जिजस सुर्खेतमा खटाइएको छ । यस्तै दिपक ढकाल दुधौलि नगरपालिकाबाट महिला बालबालिका मन्त्रालयमा ल्याइएको छ । सन्धिखर्क नगरपालिकाबाट खुमलाल भुसाललाई भूमिमा,रेसुगा नगरपालिकाबाट हरिप्रसाद अर्याललाई सामान्यको अतिरिक्तमा राखिएको छ भने विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारी चलाइसकेका माधव ढकाललाई गृहबाट कीर्तिपुर नगरपालिकामा खटाइएको छ ।यस्तै,कीर्तिपुर नगरपालिकामा कार्यरत लक्ष्मी बास्कोटा मण्डनेदउपुर नगरपालिका,काभ्रेमा सरुवा गरिएको छ । ईशानाथ नगरपालिकाबाट भुदेव झालाई पचरौता नगरपालिकामा सारिएको छ भने सुरुगा नगरपालिकाबाट भीमराज कोइरालालाई गृहमा ल्याइएको छ ।
जिसस नवलपरासी सुस्तापूर्वमा कार्यरत महेश पाण्डे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,लुम्बिनी प्रदेश पुगेका छन् । गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्मा कार्यरत जीतेन्द्र जंग केसीलाई यस अघि महेश पाण्डेले जिम्मेवारी सम्हालेका सुस्तापूर्व पठाइएको छ ।गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयमा कार्यरत डा नारायणराज पौडेल सामान्यको अतिरिक्त,सामान्यको अतिरिक्त समूहबाट उदय पराजुली जिसस स्यागजा,त्यहाँ कार्यरत राजेन्द्र पौडेल सामान्य प्रशासन अतिरिक्त,विक्रम पाण्डेलाई सामान्य प्रशासनबाट जिसस बाँके,मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,लुम्बिनी प्रदेशबाट दिनेश अधिकारीलाई जिसस,पाल्पा,पाल्पा जिससमा रहेका जनार्दन अधिकारीलाई जिसस कपिलवस्तु,व्यास नगरपालिकाबाट गंगालाल सुवेदीलाई माधवनारायण नगरपालिका,रौतहट,जिसस तनहुँबाट प्रकाशराज पौडेललाई तनहुँमै रहेको व्यास नगरपालिकामा सारिएको छ ।
बिज्ञापन
यस्तै सरुवाको सूची अनुसार,बेलकोटगढीबाट पिताम्बर पाण्डेलाई नमोबुद्ध नगरपालिका,नमोबुद्धमा कार्यरत ईश्वरी शर्मालाई बाह्रविसे नगरपालिका,रतुवामाईमा खटिएका संजयबहादुर राजलवटलाई जिसस सुनसरीमा खटाइएको छ भने सामान्य अतिरिक्तमा रहेकी उर्मिला काफ्लेलाई जितपुर सिमरा उपमहानगरपालिका,चुरामणी पन्थीलाई चाँगुनारायणबाट सामान्यको अतिरिक्तमा तानिएको छ भने शिवप्रसाद हुमागाईलाई त्यहाँ खटाइएको छ । कृष्णजंग थापा जिसस बर्दिया,त्रिपुरासुन्दरीबाट जगदिश चन्द्र नेपालीलाई भूमिकास्थान नगरपालिका,त्यहाँ कार्यरत खिमानन्द आचार्यलाई जिसस रुकुम पूर्व,मध्यनेपाल नगरपालिकामा कार्यरत शेषकान्त पौडेललाई चापाकोट र चेतनाथ गिरीलाई मुसिकोटमा पठाइएको छ ।
यस्तै मन्त्रालयले हालैमात्र उपसचिवमा उक्लिएका २० लाई पदस्थापन गर्दा १६ जनालाई प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाएको छ । पितानात लुइटेललाई कोल्हवी नगरपालिका,बारा खटाइएको छ भने सुरज श्रेष्ठलाई कनकाई नगरपालिका,झापा पठाइएको छ । यस्तै धनेश्वर पौडेल राइनास नगरपालिकामा पदस्थापन भएका छन् । सूची अनुसार गणेशबहादुर कटवाललाई बराहक्षेत्र नगरपालिका सुनसरी,खेमराज देवकोटा कृष्णनगर नगरपालिका,कुमार भट्टराई ईशनाथ नगरपालिका,पोषण लामिछानेलाई चौतारा साँगाचोकगढी नगरपालिकामा पदस्थापन गरिएको छ ।
यस्तै,देवराज चौलागाई बेलकोटगढी नगरपालिका,नुवाकोट पुगेका छन् भने हरिप्रसाद ढकाललाई निर्वाचन आयोग अन्र्तगत पदस्थापन गरिएको छ । बाबुराम पल्ली रेसुगा नगरपालिका,दिपक कुमार निरौलालाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय,सन्धिखर्क नगरपालिकामा मदन जिसीमहेश बहादुर वमलाई भिमदत्त नगरपालिका,कञ्चनपुरमा खटाइएको छ ।
विष्णु सुवेदीलाई दुधौली नगरपालिका,सिन्धुलीमा पदस्थापन हुँदा जयकान्त झाले लाहानमा पदस्थापन भएका छन् । जितेन्द्रकुमार यादव गृह मन्त्रालय वा अन्तरगत,लोकमान श्रेष्ठलाई गृहमै खटाइँदा सविन सिंह सुरुगा,सिकेन्द्र प्रसाद साह हरिपूर्वा र हरि किशोर प्रसाद चन्द्रवंशीलाई पर्सागढी नगरपालिका पर्सामा खटाइएको छ ।
यस्का अलवा बुढानिलकण्ठ,गोदावरी,तारकेश्वरसहितका प्रमुख प्रशासकीय अधिकृतहरु परिवर्तन गरेको छ । यस्तै गोकर्णश्वर,मण्डन देउपुर नगरपालिका काभ्रेपलाञ्चोक, मुसिकोट नगरपालिका, गुल्मी, पुनर्वास नगरपालिका, कञ्चनपुरका प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरेको हो ।मन्त्रालयले राष्ट्रिय महिला आयोगका उपसचिव भूपेन्द्र पाण्डेयलाई बुढानीलकण्ठ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाइएको छ भने त्यहाँ कार्यरत तुल्सीराम अर्याललाई राष्ट्रिय महिला आयोगमा खटाइएको छ । यस्तै,गोदावरी नगरपिालिकाका अच्युत राज रेग्मीलाई संघीय मामिला तथा साान्य प्रशासन अतिरिक्त समूहमा तानेर त्यहाँ मानबहादुर खड्कालाई मण्डन देउपुर नगरपालिकाकाबाट तानेर पठाइएको छ । यस्तै मुसिकोट नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विनोद कुँवरको तारकेश्वर नगरपालिका, तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा उपसचिवका रूपमा सरुवा भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका उपसचिव याम नारायण गौलीको गोकर्णेश्वर नगरपालिका काठमाडौँको प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा भएको छ । पुनर्वास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऐरीको जिल्ला समन्वय समितिको कार्यालय बैतडीमा सरुवा भएको छ । उनलाई पाटन नगरपालिकाको थप जिम्मेवारी दिएको थियो । वैशाख महिनामा मात्र मन्त्रालयले ५० भन्दा बढी प्रमुख प्रशासकीय अधिकृतहरु हेरफेर गरेको छ ।