संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २९ उपसचिवहरुको सरुवा गरेको छ । मन्त्रालयले आज २० जना नवनियुक्त उपसचिवहरुको पदस्थापन गरेको हो भने बाँकी २९ जना उपसचिवहरुको सरुवा गरेको छ । २० उपसचिवको पदस्थापन गरिँदा १६ जनालाई विभिन्न नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर पठाएको छ भने दुईलाई गृह,एक जनालाई निर्वाचन आयोग र एक उपसचिवलाई भूमि मन्त्रालयमा पदस्थापन गरेको छ । यस्तै २९ उपसचिवको सरुवा गर्दा ९ जनालाई जिल्ला समन्वय समितिमा खटाइएको छ भने ४ जनालाई सामान्य प्रशासनको अतिरिक्त समूहमा तानिएका छन् । १२ लाई विभिन्न स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाइएको छ । बाँकी ४ जनामध्ये केही मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र केही मन्त्रालयमा ल्याइएको छ ।
बिज्ञापन
यस्तै मन्त्रालयले विभिन्न पालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत,मन्त्रालय,विभागमा कार्यरत उपसचिवहरुको सरुवा गरेको छ ।सरुवाको सूची अनुसार,अर्जुन प्रसाद रिजाललाई हरिपूर्वा नगरपालिकाबाट जिजस सुर्खेतमा खटाइएको छ । यस्तै दिपक ढकाल दुधौलि नगरपालिकाबाट महिला बालबालिका मन्त्रालयमा ल्याइएको छ । सन्धिखर्क नगरपालिकाबाट खुमलाल भुसाललाई भूमिमा,रेसुगा नगरपालिकाबाट हरिप्रसाद अर्याललाई सामान्यको अतिरिक्तमा राखिएको छ भने विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारी चलाइसकेका माधव ढकाललाई गृहबाट कीर्तिपुर नगरपालिकामा खटाइएको छ ।यस्तै,कीर्तिपुर नगरपालिकामा कार्यरत लक्ष्मी बास्कोटा मण्डनेदउपुर नगरपालिका,काभ्रेमा सरुवा गरिएको छ । ईशानाथ नगरपालिकाबाट भुदेव झालाई पचरौता नगरपालिकामा सारिएको छ भने सुरुगा नगरपालिकाबाट भीमराज कोइरालालाई गृहमा ल्याइएको छ ।
बिज्ञापन
जिसस नवलपरासी सुस्तापूर्वमा कार्यरत महेश पाण्डे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,लुम्बिनी प्रदेश पुगेका छन् । गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्मा कार्यरत जीतेन्द्र जंग केसीलाई यस अघि महेश पाण्डेले जिम्मेवारी सम्हालेका सुस्तापूर्व पठाइएको छ ।गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयमा कार्यरत डा नारायणराज पौडेल सामान्यको अतिरिक्त,सामान्यको अतिरिक्त समूहबाट उदय पराजुली जिसस स्यागजा,त्यहाँ कार्यरत राजेन्द्र पौडेल सामान्य प्रशासन अतिरिक्त,विक्रम पाण्डेलाई सामान्य प्रशासनबाट जिसस बाँके,मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,लुम्बिनी प्रदेशबाट दिनेश अधिकारीलाई जिसस,पाल्पा,पाल्पा जिससमा रहेका जनार्दन अधिकारीलाई जिसस कपिलवस्तु,व्यास नगरपालिकाबाट गंगालाल सुवेदीलाई माधवनारायण नगरपालिका,रौतहट,जिसस तनहुँबाट प्रकाशराज पौडेललाई तनहुँमै रहेको व्यास नगरपालिकामा सारिएको छ ।
यस्तै सरुवाको सूची अनुसार,बेलकोटगढीबाट पिताम्बर पाण्डेलाई नमोबुद्ध नगरपालिका,नमोबुद्धमा कार्यरत ईश्वरी शर्मालाई बाह्रविसे नगरपालिका,रतुवामाईमा खटिएका संजयबहादुर राजलवटलाई जिसस सुनसरीमा खटाइएको छ भने सामान्य अतिरिक्तमा रहेकी उर्मिला काफ्लेलाई जितपुर सिमरा उपमहानगरपालिका,चुरामणी पन्थीलाई चाँगुनारायणबाट सामान्यको अतिरिक्तमा तानिएको छ भने शिवप्रसाद हुमागाईलाई त्यहाँ खटाइएको छ । कृष्णजंग थापा जिसस बर्दिया,त्रिपुरासुन्दरीबाट जगदिश चन्द्र नेपालीलाई भूमिकास्थान नगरपालिका,त्यहाँ कार्यरत खिमानन्द आचार्यलाई जिसस रुकुम पूर्व,मध्यनेपाल नगरपालिकामा कार्यरत शेषकान्त पौडेललाई चापाकोट र चेतनाथ गिरीलाई मुसिकोटमा पठाइएको छ ।