उपमहानगरपालिका माथि किन यस्तो उपेक्षा ?

संघीयता कस्तो ‘गलगाँण’ भयो भने दरबन्दी छ,कर्मचारी छैनन, संघले खटाइएका कर्मचारी जनप्रतिनिधि लिन मान्दैनन् ।

बिज्ञापन

आर्थिक बर्ष अन्त्यमा अहिले संघीय मामिलामा जात्रा छ, त्यहाँ हाकिम माग्दै जनप्रतिनिधिहरु धाइरहेका छन् भने हाजिर गर्न दिइएन भन्दै फिर्ता भएका कर्मचारीको लस्कर देख्न पाइन्छ । उपमहानगरपालिकामध्ये सबैभन्दा कम जनसंख्या (१ लाख २७ हजार) भएको वारा स्थित जितपुर सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल आइतबार अपरान्ह हाकिम खोज्दै सिंहदरबार आइपुगे । पालिका ६ महिनादेखि निमित्त (उपसचिव)हाकिम शिवजी प्रसादले चलाइरहेका छन् । ६ महिना अघि सहसचिव देवराज फुँयालले काम गर्न सक्दिन भनेर हिडेसँगै सो पालिका निमित्तको भरमा चलिरहेको हो । हाकिम माग्दै उनले सामान्य प्रशासनको कर्मचारी प्रशासनका सहसचिव,सचिव मुकुन्द निरौला,मन्त्री भानुभक्त जोशीमात्र होइन,सहसचिवको खटन पटन गर्ने अधिकार प्राप्त मुख्यसचिव बैकुण्ठ अर्यालसम्मलाई भेटेर दुःख बेसाए । तर,उधारो आश्वासन पाए,हाकिम पाएनन् र निराश भएर बारा फर्किएका छन् । यसरी पौडेलजस्तै प्रमुख प्रशासकीय अधिकृत माग्दै सिंहदरबारमा जनप्रतिनिधिको लर्काे लाग्ने क्रम जारी छ ।

बिज्ञापन

महानगरपालिकामा सहसचिवको दुख छैन तर उपमहानगरपालिकाको कन्तबिजोग कस्तो छ भने, अहिले ११ वटा उपमहानगरपालिकामध्ये हेटौडामा सहसचिव रामबाबु पुरी र नेपालगञ्जमा ओमबहादुर खड्का दरबन्दीमै खटिएर काम गरिरहेका छन् । यस्तै जनकपुरधाममा हालैमात्र उपसचिव टेकराज पन्थी हाजिर हुन पुगेका छन् ।

यस्तै घोराही उपमहानगरपालिकामा ऋषिराम के.सी,धनगढी उपमहानगरपालिकामा नरेन्द्रबहादुर खाती, तुल्सीपुरमा गेहेन्द्र बहादुर डाँगीलाई खटाइएको छ भने इटहरीमा रामचरित्र मेहता,बुटवलमा मित्रमणि खनाल खटिएका छन् । धरानमा प्रज्ञादेवी निरौला र कलैयामा नाथु साह खटाइएको छ ।
११ वटा उपमहानगरपालिकामध्ये २ वटामात्र सहसचिव हाकिमका रुपमा खटिएका छन् । नेपालगञ्जमा गत असोजदेखि सहसचिव ओमबहादुर खड्का प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटिरहेका छन् भने रामबाबु पुरी केही महिना अघिमात्र हेटौंडा पुगेका हुन । बाँकी ९ उपमहानगरपालिकामा उपसचिव नै प्रमुख प्रशासकीयको भूमिका निर्वाह गरिरहेका छन् । यसरी खटिएका पनि फालिएर र पेलिएर,शक्तिकेन्द्र मिलाउन नसकेर मात्र त्यहाँ पुगेका हुन ।

बिज्ञापन

यता सिंहदरबारमा कर्मचारी थुपारिएको छ,स्थानीय तह दरबन्दीका कर्मचारी नपाएर एक तह मुनीका हाकिमलाई जिम्मेवारी दिइरहनु पर्ने स्थिति छ । जनप्रतिनिधि कर्मचारी पाइएन भन्दै मन्त्रालयमा धाँइरहँदा खटाइएका कर्मचारी जनप्रतिनिधिहरुले हाजिर गर्न दिइएनन् भन्दै धमाधम फिर्ता हुँदैछन् ।

अहिले ११ वटा उपमहानगरपालिका छन् । त्यहाँ दरबन्दी सहसचिवको राखिएको छ तर २ बाहेक ९ वटा उपमहानगरपालिकामा उपसचिव नै प्रमुख प्रशासकीय अधिकृत बनाएर खटाइएको छ । यसरी दरबन्दी सहसचिवको राख्ने,सहसचिव कोही खटाउन र पठाउन नसक्ने हो भने किन राख्नु सहसचिवको दरबन्दी ?

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

विद्या भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा हुँदै

नेपाली सेनाका २२ जना कर्नेलहरुको सरुवा, को कहाँ पुगे ? [सूचीसहित]

प्रकाशित भयो एसईईको नतिजा,कसरी हेर्ने ?

वीमा प्राधिकरणको अध्यक्षमा ‘अयोग्य’ पुडासैनीलाई स्टाफ कलेजको जिम्मेवारी

अनिवार्य अवकाशमा गएको तीन सातामै पूर्व सचिव विष्टलाई लाभको पद

भेप आयात र बिक्री गर्न उच्च अदालतको अनुमति

प्रधानमन्त्रीको स्पेन भ्रमण : तीन सचिवसहित सहभागी हुँदैछन् यी कर्मचारी

मन्त्रिपरिषद्को बैठक जारी

बिशेष