८ उपसचिवको सरुवा :-५ लाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काठमाडौँका बुढानिलकण्ठ,गोदावरी,तारकेश्वरसहितका प्रमुख प्रशासकीय अधिकृतहरु परिवर्तन गरेको छ ।
यस्तै गोकर्णश्वर,मण्डन देउपुर नगरपालिका काभ्रेपलाञ्चोक, मुसिकोट नगरपालिका, गुल्मी, पुनर्वास नगरपालिका, कञ्चनपुरका प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरेको हो ।
मन्त्रालयले आठ उपसचिवको खटन पटन गर्दा ५ लाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाएको छ । एक जना उपसचिवलाई अतिरिक्त समूह,अर्काेलाई संघीय मामिला तथा सामान्य प्रशासन र अर्का एकलाई राष्ट्रिय महिला आयोगमा खटाएको छ ।

बिज्ञापन

सरुवाको सूची अनुसार, राष्ट्रिय महिला आयोगका उपसचिव भूपेन्द्र पाण्डेयलाई बुढानीलकण्ठ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाइएको छ भने त्यहाँ कार्यरत तुल्सीराम अर्याललाई राष्ट्रिय महिला आयोगमा खटाइएको छ ।

बिज्ञापन

यस्तै,गोदावरी नगरपिालिकाका अच्युत राज रेग्मीलाई संघीय मामिला तथा साान्य प्रशासन अतिरिक्त समूहमा तानेर त्यहाँ मानबहादुर खड्कालाई मण्डन देउपुर नगरपालिकाकाबाट तानेर पठाइएको छ ।

यस्तै मुसिकोट नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विनोद कुँवरको तारकेश्वर नगरपालिका, तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा उपसचिवका रूपमा सरुवा भएको छ ।

बिज्ञापन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका उपसचिव याम नारायण गौलीको गोकर्णेश्वर नगरपालिका काठमाडौँको प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा भएको छ ।

पुनर्वास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऐरीको जिल्ला समन्वय समितिको कार्यालय बैतडीमा सरुवा भएको छ । उनलाई पाटन नगरपालिकाको थप जिम्मेवारी समेत दिइएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बिधान विपरित बढुवा भन्दै उपाध्यक्ष ओलीको आपत्ति, ‘लाज पनि लाजाउने निर्णय’

सुदन समूहद्धारा मुख्यसचिवलाई हप्कीदप्की,चर्काचर्की पछि बाहिरिएका थिए कानुन सचिव

राष्ट्र निर्माणमा दलित : समाजले बिर्सनु नहुने पात्रहरूको चर्चा

थारु समुदायमा सिकलसेल खतरा बढ्दै: राप्ती प्रतिष्ठानले पहिलोपटक ५ हजार जनामा परीक्षण शुरू

कसले दियो अख्तियार प्रमुखलाई धम्की ?

“डिजिटल ढोका र बिचौलियाको ताला”

सरकारी तलब खाएर एमाले पार्टीको प्रतिनिधि डाक्टरहरू

दुई उपसचिव सहसचिवमा बढुवा सिफारिस

बिशेष