काम विशेषले तपाई भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा पुग्नुभयो भने त्यहाँ बढी चर्चा र चासो सुन्न पाउनुहुन्छ मन्त्री नै परिवर्तन हुने लागेको बिषय ।
लगानी सम्मेलनको नाममा हालैमात्र सरकारले ९ वटा कानुन अध्यादेशमार्फत संशोधन गरेको छ । सरकारले यही वैशाख १६ र १७ गते गर्न लागेको तेस्रो लगानी सम्मेलनअघि अध्यादेशमार्फत विभिन्न ९ वटा कानून संशोधन गर्यो ।
बिज्ञापन
लगानी सम्मेलनकै सम्मुख पारेर सरकारले भूमिसम्बन्धी ऐन, २०२१ मा गरिएको संशोधन गरेको छ । तर यही लगतै प्रचण्ड सरकारको भूमि व्यवस्था मन्त्री नै परिवर्तन गर्ने चाँजो पाँजो मिलिसकेको छ । भूमि व्यवस्था मन्त्री बलराम अधिकारी हट्न सक्ने सम्भवना प्रवल बन्दै गएको छ । प्रधानमन्त्री प्रचण्डलाई नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा भित्र्याउने र पूर्ववत सम्हालेको भूमि व्यवस्था मन्त्रालय मागेपछि मन्त्री फेरिने सम्भवना प्रवल रहेको वालुवाटार निकट स्रोतले जनाएको छ ।
यस अघि नै प्रधानमन्त्री प्रचण्डको पक्षमा विश्वासको मत दिएकी नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले प्रधानमन्त्री प्रचण्डसँग भेटेर आफूलाई भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय माग गरेको वालुवाटार स्रोतको दावा छ ।
चौधरीले सांसद अरुण चौधरीलाई मन्त्री बनाउने तयारी गरेकी छिन् ।पार्टीका एक सांसदका अनुसार, पार्टीको तर्फबाट अरुण चौधरी सरकारमा सामेल हुने निर्णय भइसकेको र बढीमा तीन चार दिनभित्रैमा अरुण मन्त्री बन्ने उनको दावी छ ।
बिज्ञापन
अहिले भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी सत्तारुढ दल एमालेका बलराम अधिकारीले सम्हालिरहेका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय लिएर नागरिक उन्मुक्ति पार्टी सरकारमा सामेल हुने भएसँगै एमालेको कोटाबाट मन्त्री बनेका बलराम अधिकारी व्याक हुनुपर्ने स्थिति आएको हो । अधिकारी दुई महिना अगाडि मात्र मन्त्रीको जिम्मेवारी सम्हाल्न पुगेका हुन ।

























