गरिमा विकास बैंक र ‘टान’ गण्डकीबीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) गण्डकीबीच सदस्य संस्थाहरुलाई बैंकका विभिन्न प्रकारका कर्जाहरुमा सहुलियतसहितको सेवा उपलब्ध गराउने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट क्षेत्रिय कार्यालय पोखराका क्षेत्रिय प्रबन्धक भोला प्रसाद तिवारी र टान गण्डकीको तर्फबाट अध्यक्ष धर्मराज पन्थीले हस्ताक्षर गरेका छन् ।

बिज्ञापन

उक्त सम्झौताअनुसार टानका सदस्यहरूलाई गरिमा विकास बैंक लिमिटेडले अधिकतम रु ५० लाखसम्म गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा नियमअनुसार सहुलियत ब्याजदरका साथ उपलब्ध गराउनेछ ।

बिज्ञापन

साथै, रु ५ लाखसम्मको बैंक ग्यारेन्टी मात्र १०% को नगद मार्जिनमा उपलब्ध गराउनेछ । यि सेवाहरुले गर्दा टान सदस्यहरूलाई व्यापार व्यवसायमा सहजीकरण हुने बैंकले विश्वास लिएको छ । इच्छुक सदस्यहरूले आफुलाई पायक पर्ने गरिमा विकास बैंकको कुनै पनि शाखा कार्यालयमा सम्पर्क गरी सेवालिन सक्नेछन् ।

गरिमा विकास बैंकले काठमाण्डौ उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएममार्फत ग्राहकहरुलार्ई वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मध्यपूर्वमा शक्ति सन्तुलन: अमेरिका–इजरायल–इरान द्वन्द्वको भू-राजनीतिक अर्थ

नयाँ सरकार बन्नुअघि आयल निगममा सेटिङमा निमित्त डिपो प्रमुख बनाउँदै

ईरानी नागरिकलाई नेपालमा आगमन भिसा नदिने सरकारको निर्णय

कर्णाली सरकारले गर्‍यो दुई विधेयक स्वीकृत

सरुवा–बढुवाको सूचना अब पीआईएस प्रणालीमा स्वचालित अद्यावधिक हुने

सत्तामा रास्वपा पुग्नु अगावै धमाधम खोतलिन थाल्यो पूरानो फाइल

अधिकृत र उपसचिवहरुलाई सेवाकालीन तालिमको अवसर

ठुली मैयाँ

बिशेष