जनप्रतिनिधिले नै ठोके नगरपालिकामा ताला

महोत्तरीको जलेश्वर नगरपालिकामा जनप्रतिनिधिहरुले १० बुँदे मागसहित ताला ठोकेका छन् । नगरपालिकाका सात जना वडाध्यक्षसहित पाँच कार्यपालिका सदस्यले पालिकाको प्रमुख प्रशासकिय अधिकृत, योजना शाखा ,लेखा शाखा तथा प्राविधिक शाखामा ताला ठोकेका हुन् ।

बिज्ञापन

नगरप्रमुखले आफन्तको र ठेकेदारको काम आन्तरिक रुपमा गर्दै आएको तर नगरवासी प्रति उनको कुनै चासो नरहेको एकजना वडाअध्यक्ष बताए। त्यस्तै किसानहरुका लागि पालिकाले कुनै योजना नराखेको, जलेश्वर नगरपालिकाले गरेको कार्यहरुको सार्वजनिक सुनुवाई नगरेको, नगरपालिकामा कार्यरत कर्मचारीहरुको विवरण उपलब्ध नगराएको र जलेश्वर नगरपालिकाको १२ वटै वडामा कर सम्बन्धी कार्यका लागि प्रयोग गरिने संग्रीला सफ्ट्वेयर कम्पनीको भुक्तानी नगर्दा वडाका कार्य अलपत्र परेकोले उनीहरुको गुनासो छ । त्यस्तै यी मागहरु नगरपालिकामा राख्दा बेवास्ता गरेको भन्दै उनीहरुले तालाबन्दी गरेका हुन् ।

बिज्ञापन

जलेश्वर नगरपालिकाको रेडबुक सार्वजनिक गर्न, नगरसभा गरिएको नौ महिना बितेपनि योजना संचालन नगरेको, नगरपालिकाले नगरको नियमित बोर्ड बैठक नबसाएको, डोर हाजिरीमा कार्यरत कर्मचारीलाई ९ महिना खटाई तलब भत्ता भुक्तानी नगरेको, आ.व.८०/८१ मा संचालन भएको योजनाहरुको भुक्तानी प्रतिलिपि माग गर्दा उपलब्ध नगराएको उनीहरुको गुनासो छ ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बिधान विपरित बढुवा भन्दै उपाध्यक्ष ओलीको आपत्ति, ‘लाज पनि लाजाउने निर्णय’

सुदन समूहद्धारा मुख्यसचिवलाई हप्कीदप्की,चर्काचर्की पछि बाहिरिएका थिए कानुन सचिव

राष्ट्र निर्माणमा दलित : समाजले बिर्सनु नहुने पात्रहरूको चर्चा

थारु समुदायमा सिकलसेल खतरा बढ्दै: राप्ती प्रतिष्ठानले पहिलोपटक ५ हजार जनामा परीक्षण शुरू

कसले दियो अख्तियार प्रमुखलाई धम्की ?

“डिजिटल ढोका र बिचौलियाको ताला”

सरकारी तलब खाएर एमाले पार्टीको प्रतिनिधि डाक्टरहरू

दुई उपसचिव सहसचिवमा बढुवा सिफारिस

बिशेष