बयानका लागि अख्तियार धाइरहेका अर्काे ठूला माछाले फेरि फेरि ६ वटा सवारी साधन प्रयोग गरिरहेको भेटिएको छ । जागिरे जीवनका कालखण्डमा विभिन्न आकर्षक आयोजना कार्यालयमा बसेर अनियमितता गरेको उजुरी उपर छानबिन गरिरहेको अख्तियारले हाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकको कुर्सीमा रहेका प्रदीप अधिकारीले त्यहाँका ६ वटा सवारी साधन प्रयोग गरिरहेको बुझिएको छ ।
बिज्ञापन
प्रेम बहादुर आले पर्यटनमन्त्री हुँदा बरिष्ठ कर्मचारीहरुलाई पाखा लगाउँदै कनिष्ठ कर्मचारी प्रदीप अधिकारीले त्यहाँ महानिर्देशकको जिम्मेवारी पाएका थिए,०७८ साल माघ १७ गते उनले महानिर्देशकको पदबहाली गरेका थिए । अधिकारी ०६४ सालमा प्राधिकरणमा सातौं तहमा इन्जिनियरका रुपमा सेवा प्रवेश हुन । २०७४ सालमा आठौं तहमा रहेका बेला खुला प्रतिस्पर्धाबाट ११औं तहमा नाम निकाल्न सफल भएका थिए । नागरिक उड्डयन प्राधिकरणमा १२ औं तहका कर्मचारी भोलाप्रसाद गुरागाईं, प्रतापबाबु तिवारी, हंशराज पाण्डेय, देवचन्द्र लाल कर्ण, गोविन्दप्रसाद दाहाल र प्रेमनाथ ठाकुर कार्यरत छन् । उनीहरुलाई बाइपास गर्दै मन्त्री आलेले ११औं तहमा कार्यरत कनिष्ठ प्रदीप अधिकारीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक नियुक्त गरिएको थियो । यस अघि विभिन्न विमानस्थलमा कार्यालयमा बसेर अकुत आर्जन गरेको र भ्रष्टाचार गरेको आरोपमा उनीमाथि मुद्धामाथि मुद्धाको चाङ छन् । त्यही बिषयमा अख्तियारले अनुसन्धान गरिरहेको छ । टंगाल स्रोतका अनुसार अधिकारीलाई हिजो अन्तिम बयानका लागि त्यहाँ डाकिएको हो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतका अनुसार,नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी अन्तिम बयानका लागि बिहान साढे १० बजे टंगालस्थित कार्यालयको ६ नम्बर पिल्लरमा डाकिएको हो ।
बिज्ञापन
अधिकारी यसअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका प्रमुख थिए । सबैभन्दा धेरै अनियमितता उनैबाट भएको बताइन्छ । अधिकारीले प्राधिकरणका बा १६ प ४५६९ नम्बरको ह्युण्डाईको सेतो गाडीका अलवा बा अ अ ६७१८ नम्बरको टोयोटा र्याभ ४, बा अ अ ६७१९ नम्बरको ग्रे कलरको टोयोटा हाइलक्स,बा अ अ ६७२० नम्बरको सेतो रंगको टोयोटा हाइलक्स र बा अ अ १५३० नम्बरको सेतो रंगको फोर्ड कम्पनीको गाडी चढ्दै आएको भेटिएको छ ।