उपमेयरकै संग्लनतामा प्रमुख प्रशासकीयमाथि कुटपिट

जनप्रतिनिधिहरुले प्रमुख प्रशासकीय माथि कुटपिट गरेको घटनाप्रति नगरपालिकाका कर्मचारीहरुले घोर निन्दा गर्दै दोषी उपर कारवाहीको माग गरिएको छ । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउबाको जिल्ला डडेल्धुराको परशुराम नगरपालिका मा कार्यरत प्रमुख प्रशसकीय अधिकृतमाथि आज बिहान भएको घटनाको भत्र्सना गर्दै दोषीमाथि कारवाही नभएसम्म अति आवश्यकबाहेकका अन्य सेवा ठप्प पार्ने निर्णय गरेका छन्,कर्मचारीहरुले ।

बिज्ञापन

हातपात र कुटपिटका कारण प्रमुख प्रशासकीय अधिकृत जोशीको टाउकोमा चोट लागेको छ । अधिकृत जोशीमाथि नगरपालिकाका उपमेयर विमलाकुमारी बोहोरा, वडा नम्बर ७ का वडाध्यक्ष कर्णबहादुर धामी, वडा नम्बर १ का अध्यक्ष लालबहादुर धामी लगायतको समूहले ज्यान मार्ने उद्देश्यले सुनियोजित हमला गरी गम्भीर घाइते बनाएको परशुराम नगरपालिकाका कर्मचारीहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  प्रमुख प्रशासकीय अधिकृत माथि ज्यान मार्ने उदेश्यले सुनियोजित हमला गरी घाइते बनाएकाले यस्ता हर्कत गर्ने जनप्रतिनिधिहरुलाई कानुनी कारवाही नहुन्जेलसम्म अति आवश्यक बाहेकका सबै काम ठप्प पार्ने निर्णय नगरपालिकाका कर्मचारीहरुले गरेका छन । प्रमुख प्रशासकिय अधिकृत कृष्णदेव जोशीमाथि भएको कुटपिटको घटनाको निन्दा गर्दे दोषी उपर कडाभन्दा कडा कानुनी कारवाहीको माग गरेका छन्,कर्मचारीहरुले ।

बिज्ञापन

अहिले अधिकृत जोशीको जोगबुढा अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोमा तीनवटा टाँका लगाइएको छ । केही समयअघि नगरपालिकाकी उपप्रमुख बिमला कुमारी बोहराले आफ्ना श्रीमानलाई करारमा जागिर खुवाउन प्रयास गरेकी थिइन् । तर, असफल भएपछि प्रमुख प्रशासकीय अधिकृतसँग रिसइवी शुरु भएको कतिपय पालिकाका कर्मचारीको बुझाइ छ  ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष