प्रमुख प्रशासकीयको कार्यकक्षमा उपमेयरको ताला

गोरखा नगरपालिकाकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा निर्वाचित जनप्रतिनिधिले नै तालाबन्दी गरिदिएकी छिन् । उपमेयर मसली माया थोकरले प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीको कार्यकक्षमा गत बिहिबारदेखि ताल्चा लगाएकी हुन ।

बिज्ञापन

गत २४ गते नगरपालिकाको १३ औं नगरसभाको आयोजना गरिएको थियो । नगरसभामा एकलौटी गरिएको आरोपसहित उपमेयरले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइएको बताइएको छ ।

बिज्ञापन

थोकरले मेयर र प्रमुख प्रशासकीय अधिकृतले नगर सभाको प्रतिवेदनहरूमाथि छलफल नगराएकोमा आपत्ति जनाउँदै प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइदिएकी हुन। काँग्रेसबाट निर्वाचित उपमेयर थोकरले नगरसभामा प्रस्तुत कार्यसूचीमा दफावार छलफलका लागि समय उपलब्ध गराउन आग्रह गर्दा समेत आवाजलाई बेवास्ता गरी एकलौटी ढङ्गले सभा अन्त्यको घोषणा गरिएको, प्रमुख प्रशासकीय अधिकृतको समन्वयकारी भूमिका नदेखाएको आरोप लगाउँदै प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइदिएकी हुन ।

प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला ठोकिए पछि उनी शुक्रवारै काठमाडौं निस्किएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

नाडा अटो शोको बदनाम खेल—उड्ने कार भन्दै ड्रोन प्रदर्शन

सरकारी कर्मचारी काममा भन्दा बढी लोकसेवा पढ्नमा ब्यस्त देखिए: मन्त्री न्यौपाने

प्रकाशचन्द्र खतिवडाको कविता : साम्यवाद

पालिका अध्यक्षद्धारा गर्भवती महिलाको उद्धार

मन्त्री सुडी र सचिव बस्नेतबीच कार्यसम्पादन सम्झौता

शहरीमा भद्रगोल :दुई दर्जन कर्मचारी बरण्डामा, दर्जन कर्मचारीलाई दोहोरो जिम्मेवारी र निमित्त

१४ सहसचिव र उपसचिवको सरुवा

बिशेष