एनएमबि बैंकद्वारा लैंगिक समता र सामाजिक समावेशीकरण योजना घोषणा

एनएमबि बैंकले समावेशी र समतामूलक समाज निर्माणमा आफ्नो प्रतिबद्धतालाई प्रवर्द्धन गर्दै लैङ्गिक समता तथा सामाजिक समावेशीकरण (जेसी) योजना सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको उक्त नीतिले समाजमा विविधता प्रवर्द्धन, सीमान्तकृत समुदायलाई सशक्तीकरण र समुदायमा लैङ्गिक समानतालाई प्रोत्साहन गरेको छ ।

बिज्ञापन

जीईएसआईले समग्र बैंकिङ प्रणालीलगायत आफ्ना कर्मचारी, ग्राहक वर्ग र समुदायका विभिन्न आवश्यकताहरू पूरा गर्दै पहुँचयोग्य, समावेशी र उत्तरदायी बैंकिङ वातावरण सिर्जना गर्न मद्दत पुर्‍याउने विषयमा बैंक विश्वस्त रहेको जनाइएको छ ।

बिज्ञापन

बैंकले लैंगिक समता र सामाजिक समावेशीकरण जीईएसआई योजना कार्यान्वयन गर्दै महाराजगञ्ज, ठैव, नक्साल, महेन्द्रचोक, लुभु र वीरगन्जस्थित शाखाहरूमा फरक ढङले सक्षम ग्राहकलाई ह्विललचेर र्‍याम्प स्थापना गरेको छ । साथै, महिला नेतृत्व विकास गर्न देशभरि महिला नेतृत्व कार्यक्रमसमेत सुरुवात गरिसकेको जनाएको छ ।

महिला उद्यमीहरूलाई प्रोत्साहन गर्न बैंकले विशेष सुविधा सहितको आकर्षक कर्जा पनि उपलब्ध गराएको जनाएको छ । एनएमबि बैंकले सबै प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला मात्र भएको शाखाको घोषणा गरिसकेको छ । बैंकले सुन्दर सुदूरपश्चिम बचत खाता, कर्णाली विशेष बचत खाता, लुम्बिनी बचत खाता, मेरो गण्डकी बचत खाता, अपन एनएमबि बचत खाता, पाथिभरा बचत खाता लगायतका प्रदेश केन्द्रित बचत खाताहरू चल्तीमा ल्याइसकेको छ ।

बिज्ञापन

एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १८३ एटीएम र ११ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रिपरिषद् बिस्तार हुँदै,को को हुँदैछन् नयाँ मन्त्री ?

‘छिटो निर्णय, परिणाममुखी कार्यान्वयन’ : यस्ता छन् महानिर्देशक जैसीको ६ महिने कार्यप्रगति

स-परिवारसहित सुटुक्क अमेरिका किन पुगे धुर्मुस ?

बढुवा खान सुगमबाट दुर्गममा खरिदार र सुब्बाहरु खटाइसकेपछि तीन महिना सरुवा स्थगन

स्थायी सेवाका कम्युटर अपरेटर ‘जोकर फाल्तु’,करारकै कर्मचारीको उल्टो रजगज

प्रमुख प्रशासकीय अधिकृत,सब इन्जिनियरसहित चार विरुद्ध भ्रष्टाचार मुद्धा

लामो समयपछि न्याय : दुई सचिवले पाए राहत

सिंहदरवारमा मन्त्रिपरिषद् बैठक सुरु

बिशेष