सशस्त्रद्वारा लोड गरेको पेस्तोल बरामद

सशस्त्र प्रहरी बल नम्बर १० गण सर्लाहीले आज गोली लोड गरिएको पेस्तोल बरामद गरेको छ । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५, इनरुवाबाट मेड इन यूएसए लेखिएको एक थान पेस्तोल र म्यागजिनमा लोड गरिएको पाँच राउन्ड गोली सशस्त्र प्रहरीले बरामद गरिएको हो ।

बिज्ञापन

बोर्डर आउट पोष्ट सखुअवाबाट शुक्रबार साँझ ८ बजे खटिएको गस्ती टोलीले चेक प्वाइन्ट थापेर जाँच गर्ने क्रममा हतियार बरामद भएको छिन्नमस्ता बाहिनीका नायव महानिरीक्षक (डीआईजी) दिपेन्द्र शाहले बताए। भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० एक्स ७७१३ भारतीय नम्बरको मोटरसाइकलमा सवार दुई अपरिचित व्यक्ति चेकिङमा रहेका सशस्त्र प्रहरीलाई देख्नासाथ मोटरसाइकल छाडेर भाग्ने क्रममा उनीहरुले बोकेको हतियार खसेको थियो । ती दुवै व्यक्ति भारततर्फ नै फरार भएका छन् ।

बिज्ञापन

गोली लोड भएको अवस्थामा पेस्तोल बरामद भएपछि कसैलाई मार्ने उद्देश्यले आएको हुनसक्ने आकलन गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कर्मचारी संगठनको पत्रकार सम्मेलन सम्पन्न: संघीय निजामती सेवा ऐनको शीघ्र निर्माण माग

अख्तियारमा मिलाउने, २७ रोपनी सरकारी जग्गा हान्ने

बरण्डामा आधा दर्जन सहसचिव,२ महानगर र ९ उपमहानगरमा उपसचिवलाई प्रमुख प्रशासकीयको जिम्मेवारी

इतिहासकै कमजोर महानिर्देशक बने चण्डी,खारेजीको चरणमा राजश्व अनुसन्धान विभाग

बिचौलिया खड्का ४० लाख खर्च गरेर हाकिम फेर्दै

आदेशमा अग्राधिकार,६ महिना पछि पेशी

अदालत छिर्यो अख्तियार : कपिलवस्तुका दुई कर्मचारी भ्रष्ट ठहर,नवलपरासीका कम्युटर अपरेटरविरुद्ध मुद्धा दायर

‘कर्मचारीमैत्री संघीय निजामती सेवा ऐन जारी गर्न सशक्त आन्दोलनको विकल्प छैन’

बिशेष