६ बर्ष अघि जिल्ला प्रशासन कार्यालयमा बसेर बदमासी गर्ने अधिकृतद्धय अहिले पक्राउ परेका छन् । प्रशासनमा बसेर विदेशी नागरिकलाइृ नेपाली नागरिकता दिनदेखि दोहोरो नागरिकता जारी गर्ने बदमासीमा मुछिएका अधिकृतहरुलाई अहिले प्रहरीले पक्राउ गरेको हो । यसरी पक्राउ परेका कर्मचारी हुन झपेन्द्रराज खरेल र रामचन्द्र अर्याल ।अर्याललाई केही दिन अघि मात्र हेटौंडाबाट समाएर ल्याइएको छ भने […]

पछिल्लो समय सुन तस्करीको हब बन्दै गएको छ,रसुवा जिल्ला । यही जिल्लाका एक जना भन्सार अधिकृत समेत सुन तस्करी प्रकरणमा मुछिएका छन् । सुन तस्करी जाँचबुझ आयोगले सुन तस्कर विदेशी नागरिकसँग घुस डिल गर्ने ती अधिकृत उपर कारवाहीका लागि सिफारिस गरिएको छ । सरकारले गठन गरेको सुन तस्करी नियन्त्रण जाँचबुझ आयोगले सुन तस्करीका नाइके मानिएका […]

सान्जेन जलविद्युत कम्पनीले जालसाँझीपूर्वक नियमावली परिवर्तन गरे पछि रसुवावासीहरु क्रुद्ध भएका छन् । कम्पनीले रसुवावासीलाई सञ्चालकसमितिबाट हटाउने नियतका साथ गुपचुप रुपमा बैठक बसेर नियमावली परिवर्तन गरेको भेटिएपछि रसुवावासीहरुको प्रतिनिधित्व गर्दे ज्ञापनपत्र बोकेर एउटा टोली अहिले जलविद्युत केन्द्रीय कार्यालयमा पुगेका छन् । आमाछोदिङमो गाउँपालिकाका एमालेका अध्यक्ष फुर्पु सिङ्गी तामाङ, नेपाली काँग्रेसका पालिका सभापति दावा नोर्चुङ तामाङ […]

विदेशी नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा एक जना अधिकृतलाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीले बागमती प्रदेशसभा सचिवालयमा अधिकृत छैटौं तहमा कार्यरत रामचतन्द्र अर्याललाई चिनिँया नागरिकहरुलाई नागरिकता दिलाएको आरोपमा  पक्राउ गरेको हो । सुन तस्करीमा संलग्न चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा उनलाई प्रहरीले कार्यालयबाटै पक्राउ गरेको हो । काभ्रे प्रहरीको अनुरोधमा अर्याललाई बुधवार प्रदेशसभा […]

बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता ज्ञानेन्द्र नेपालले सरोकारवाला निकायबीचको अन्तर संबाद कार्यक्रमले न्याय सम्पादनमा सहज भई, न्याय प्राप्तीमा बिशेष टेवा पुग्ने बताएका छन् । मुख्य न्यायधिवक्ताको कार्यालय हेटौंडाले आयोजना गरेको कार्यक्रममा सभापतिको आसनबाट बोल्दै नेपालले सरोकार वाला निकायहरुले न्याय सम्पादनको क्रममा समन्वय गरि अगाडी बढनु पर्ने कुरामा विशेष जोड दिएका हुन। यस्तै कार्यक्रमको प्रमुख अतिथि नायब […]

धुर्मुस-सुन्तली फाउण्डेसनले निर्माण प्रारम्भ गरेर छाडेको गौतमबुद्ध क्रिकेट रंगशाला अब तीनै तहका सरकारको संयुक्त लगानीमा बन्ने भएको छ । संघीय सरकारले बागमती प्रदेश सरकारसँगको साझेदारीमा भरतपुर महानगरपालिकालाई निर्माणको सहमति दिएसँगै संयुक्त लगानीमा क्रिकेट रंगशाला बन्ने भएको हो । भरतपुर महानगर प्रमुख रेनु दाहालका अनुसार संघीय सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सहमति प्रदान गरेको हो । […]

आइतबार सिंहदरबार भित्रबाट फोहोर व्यवस्थापन भएन । मन्त्रालय, विभिन्न निकायसहित क्यान्टिन, बगैंचा र सडकहरुबाट संकलन भएको फोहोर त्यतिकै थुप्रिए । फोहोर नउठ्नुको कारण हो, सिंहदरबारको फोहोर नउठाउन काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले दिएको निर्देशन । निजी स्तरको कम्पनी ‘परिवर्तन सेवा प्रालि’ले शहरी विकास मन्त्रालयसँग गरेको सम्झौताका आधारमा सिंहदरबार परिसरको फोहोर व्यवस्थापन गर्दै आएको थियो । […]

२ लाख रुपैयाँ लिएर ६२ लाख रुपैयाँ ऋण थाप्लोमा बोकेर हिँडिरहेका रामसागर वातकले आफ्नो व्यथा सुनाउँदै गर्दा शान्तिवाटिकामा सरकारी वार्ता टोली मिटरब्याज पीडितसंग परिचय गर्दै थियो । शान्तिवाटिकालाई आफ्नो मुकाम बनाएर मिटरब्याज पीडित काठमाडौंमा आन्दोलित भएको ६ दिनपछि सरकारी वार्ता टोली आइतबार पीडित पक्षको वार्ता टोलीको नाम ठेगाना सोध्न आइपुगेको थियो । राज्य सञ्चालनका केन्द्रहरु […]

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ । आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई साढे २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै सांसद श्रेष्ठले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाईंसँग रकम मागेका हुन् । कपुरबोट डटकमले सार्वजनिक गरेको अडियोमा सांसद श्रेष्ठले […]

पछिल्लो वर्षमा उद्योगी व्यवसायीहरु नयाँ परियोजना तयार गरेर अघि बढ्न हच्किएका छन् । यसको असर अब बैंकको कर्जा विस्तारमा समेत पर्न थालेको छ । बैंकमा ऋणको माग नयाँ परियोजनामा लगानी गर्नभन्दा ब्याज भुक्तानी मिलाउनका लागि हुन थालेको बैंकरहरुको अनुभव छ । उनीहरुले यो विषय नेपाल राष्ट्र बैंकसँग पनि ‘सेयर’ गरेका छन् र गभर्नर महाप्रसाद अधिकारी […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।